Wednesday, May 1
Shadow

विभिन्न कार्यक्रम गरेर कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै


  • -इ
  • इ+

काठमाडौं , पुस १६ । नेपाली कांग्रेसले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैछ । देशभर विभिन्न कार्यक्रम गरेर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो ।

७७ जिल्लामै विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको कांग्रेसले केन्द्रमा भने भर्चुअल कार्यक्रम राखेको छ । जिल्लामा हुने कार्यक्रममा केन्द्रीय नेता सहभागी हुँदैछन् । केन्द्रको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी हुँदैछन् ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रसार विभागले बिहान ९ बजे ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल छलफल गर्न लागेको हो । छलफलमा सभापति देउवासँगै नेता प्रदीप गिरी र डा बद्री गौतमबीचको बहसको सहजकर्ता डा। सुरेश आचार्यले गर्नेछन् ।

लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँदै आएको छ । २०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति कोइराला र नेता सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares