Tuesday, April 23
Shadow

Month: April 2021

कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

कोरोना संक्रमण बढ्दो, लकडाउन बारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बोलाइयो

ब्यानर समाचार, राजनिती, समाज, स्वास्थ्य
काठमाण्डौँ, वैशाख १३ आज साँझ ५ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएको अवस्थामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिश गरेको निषेधाज्ञा बारे सरकारले निर्णय लिनसक्ने बताइएको छ । यसअघि सीसीएमसीले आइतबार शहरमा ५ सय र पहाडमा २ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा गर्नुपर्ने सिफारिस गरेको थियो । सीसीएमसीले जिल्लामा प्रमूख जिल्ला अधिकारीले निषेधाज्ञाको निर्णय लिन सक्ने गरि निर्णय गर्न सरकारलाई सिफारिश गरेको छ ।...
दक्ष संचारकर्मी उत्पादन गर्ने उदेश्यकासाथ फ्रेन्डस् मिडिया ट्रेनिङ्ग सेन्टर संचालनमा

दक्ष संचारकर्मी उत्पादन गर्ने उदेश्यकासाथ फ्रेन्डस् मिडिया ट्रेनिङ्ग सेन्टर संचालनमा

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, वैशाख १२ दक्ष संचारकर्मी उत्पादन हाम्रो चाहना भन्ने उदेश्यका साथ काठमाण्डौँको बाईपासमा फ्रेन्डस् मिडिया ट्रेडिङ्ग सेन्टर संचालनमा आएको छ । शनिवार फ्रेन्डस् मिडिया ट्रेडिङ्ग सेन्टर शुभारम्भको शुभकामना दिदैँ अध्यक्ष पोखरेलले वर्तवान समयमा दक्ष संचारकर्मीको अभावमा यस ट्रेडिङ्ग सेन्टर दक्ष संचारकर्मी उत्पादनमा जोड दिनु पर्ने बताए । केन्द्रिय महासंघ र जिल्ला शाखाहरु संग सहकार्य गरेर पनि यस ट्रेडिङ्ग सेन्टरले हरेक स्थानबाट दक्ष संचारकर्मी उत्पादनमा सघाउँ पुर्याउने बताए । कार्यक्रमका विशेष अतिथि पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेलले उपयुक्त स्थानमा संचालनमा आएको ट्रेडिङ्ग सेन्टरले रसुवा, नुवाकोट, धादिङ लगाएतका स्थानमा पत्रकारिता गरिरहेका र पत्रकारिता गर्न चाहनु भएकाहरुका लागि ठूलो अवसर र महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञान ...
अन्तराष्ट्रिय सम्मान र राष्ट्रिय योगदान मात्र राष्ट्रवाद हो ?

अन्तराष्ट्रिय सम्मान र राष्ट्रिय योगदान मात्र राष्ट्रवाद हो ?

विचार, समाज
पामेल उपाध्यय पञ्चायत काम सम्पन्न गरेर मात्र बोल्थ्यो। बिकास र संवृद्धि को निम्ति त्रिवर्षीय, पञ्चवर्षिय योजना हरु अघि सारेको थियो। देश भित्रै रोजगार दिलाउन कयौं उद्योगधन्दा र कलकारखाना हरु खोलेको थियो। इमान्दारी, नैतिकता र जवाफदेहिता को खडेरी थिएन। न्याय खोज्न पार्टी कार्यालय धाउनु पर्दैन थियो। राजा र प्रजा को सम्बन्ध थियो। बिकास को नाममा एउटा उदाहरण- मेलम्ची, राजा विरेन्द्र को योजना हो भन्ने केही झुण्डवाद हरुलाई थाहै रहेनछ। त्यही भएर त कोहि किशुन जी जयगान गाउँन ब्यस्थ छन् भने कोहि i love you ओलि बा भन्नमा मस्त छन्। यो अवधी सम्म आईपुग्दा मात्र रानिपोखरी र धरहरामा कायापलट सोच्ने जमात हरुलाई सर्वप्रथम लाल सलाम। यता गणतन्त्र काम सम्पन्न हुनु भन्दा अघाडी नै बोल्छ। निकै नै तामझाम का साथ उद्घाटन गरेर तमासा देखाउछ। काम कम कुरा ज्यादा गणतन्त्र को पर्याय बनेको छ। रेल को चक्का को हावा खुस्कियो ...
के साँच्चिकै उर्मिलासँग प्रेममा छन् त सुनिल ? कालिकोटमा उर्मिलासँग रोमान्स गर्दा गर्दै भेटिए

के साँच्चिकै उर्मिलासँग प्रेममा छन् त सुनिल ? कालिकोटमा उर्मिलासँग रोमान्स गर्दा गर्दै भेटिए

मनोरञ्जन, समाचार
काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ । प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुगंसँगको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै प्रतिवद्ध र विष्णु कमार बुढाको पनि अभिनय देख्न सकिन्छ । लुकिछिपी घुम्दा घुम्दै साटेको मायालाई लोक पप शैलीमा सुनिलले तयार पारेको भिडियो हेर्दा जो कोही युवालाई पनि आफ्ना यात्रा र कलेज लाइफका दिनहरुको याद आउन सक्छ । जानेर नजानेर गरिने प्रेममा देखिने रमइला पलहरुका मिठा दृश्यहरुलाई भिडियोमा जितु तामागंले कैद गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियोको कलरिगं राजेन्द्र मोक्तानको रहेको छ । गायक स्वयमकै निर्देशन रहेको गीतको भिडियो पनि...
सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

ब्यानर समाचार 2, शिक्षा, समाचार, स्वास्थ्य
काठमाण्डौँ, वैशाख ५ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई मध्यनजर गर्दै सीसीएमसीले यस्तो निर्णय गरेको हो।...
सतभरामा रहेको श्री समय माता मन्दिरमा श्रद्धालु हरूको आस्था बढ्दै

सतभरामा रहेको श्री समय माता मन्दिरमा श्रद्धालु हरूको आस्था बढ्दै

समाचार, समाज
कृष्णनगर, बैशाख ५ कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। बैशाख ८ गते बुधवार नवमीको दिन भण्डारा तथा प्रसाद वितरण कार्यक्रम रहेको आयोजक समितीले जनाएको छ। समयमातापुरम सतभरामा दुर्गा मन्दिर हनुमान मन्दिर भैरव मन्दिर शनि मन्दिर तथा देवी सागर कुण्ड समेत रहेको छ। समय माता मन्दिरको स्थापना ४० वर्ष अघि भएको मान्निछ त्यो समयमा सानो आकारमा मन्दिर रहेको र स्थानीय बासिन्दाहरु पुजापाठ गर्न आउने गर्दथे।विस्तारै मन्दिरमा श्राद्धालुहरुको भिड़ हुन थाले पछि माधव बेल्वासे र पृतदेव उच्चडिह निवासीले भौतिक संरचना बनाउन केही हद सम्म पहल गरेका थिए। श्राद्धलुहरुको भिड़ भाड़ रहने उक्त मन्दिरमा आस्थाको केन्द्र स्थानियले मान्दै आएका र केही दिन पहिला समय माता मन्दिर क्षेत्रका स्थानिए बासिन्दा पूर्व मंत्री ईश्वर ...
गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, वैशाख ५ गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभभयाे । उहाँको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वत: पदमुक्त हुनुभएकाे हाे । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नुभएकाे थियाे । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले राेज्नुभएकाे थियाे । थापाको पद गुमेपछि अब उहाँले मन्त्री बन्न पुन: संविधानअनुसार सपथ लिनुपर्छ। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रति...
“मलाई माया नगर नगर” म्युजिक भिडियो डिजिटल बजारमा

“मलाई माया नगर नगर” म्युजिक भिडियो डिजिटल बजारमा

भिडियाे, मनोरञ्जन
महेन्द्र अधिकारी/ललितपुर, चैत्र ३० पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र भाइरल लक्ष्मी खड्का र लोक प्रिय गायक शनी बिश्वोकर्मा को स्वरमा “मलाई माया नगर नगर” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा युनिक भोजराज बि.क. को शब्द र संगीत रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुराली मास्टरिङ्ग गरेका हुन् । गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी. रआशिर प्रताप जंग र जयराम खड्काको अभियनय देख्न सकिन्छ । बिपिन छेत्रीले छायांकन गरेको भिडियो...
तत्काल विद्यालय बन्द नहुने

तत्काल विद्यालय बन्द नहुने

ब्यानर समाचार, शिक्षा, समाचार, समाज
काठमाण्डौँ, चैत्र ३० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारेको छलफल विना निष्कर्ष टुंगिएको छ। मन्त्रालयले आयोजना गरेको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित हुँदा कुनै निर्णय हुन नसकेको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए। छलफलमा सहभागी अधिकांश सरोकारवालाले भने कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न गरेको आग्रहप्रति आपत्ति जनाएका थिए। छलफलमा सहभागीले प्याब्सन तथा एनप्याब्सन लगायत सरोकालवाला निकायका प्रतिनिधिले विद्यालय बन्द गर्न नहुने धारणा राखेका हुन्। ‘अधिकांशको शैक्षिक संस्था बन्द गर्न हुँदैन भन्ने धारणा आयो,’ सचिव थपलियाले भने, ‘स्वास्थ मापदण्ड कडाइका साथ पालना गरी शैक्षिक संस्था चलाउनुपर्ने विषयमा एकमत रहेको छ।’ मन्त्री अनुपस्थित रहेकाले कुनै निर्णय भने गर्न नसकिएको उनको भनाइ छ।...
नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

नयाँ बसपार्कका टिकट काउण्टर १ गते देखि बन्द हुने

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाण्डौँ, चैत्र ३० नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ । उक्त बसपार्कबाट ह...