Thursday, May 2
Shadow

Month: April 2021

सिसडोल तर्फ लागे फोहोरका गाडि

सिसडोल तर्फ लागे फोहोरका गाडि

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, चैत्र २० चैत्र १३ गते देखि सिसडोलवासिले अवरुद्ध गरेको फोहोरको गाडि संचालनमा आएको छ । काठमाण्डौँ महानगरपालिका र सिसडोल प्रभावित बिच भएको छलफल पश्चात फोहोरका गाडि सिसडोल तर्फ लागेको हो । शिक्षा, स्वास्थ्य लगाएतको माग सहित प्रभावित नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकालाई ३/३ करोड रकम दिने निर्णय समेत भएको छ । प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका छ । प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ । तर, तत्कालका लागि वैकल्पिक व्यवस्थामार्फत स्वास्थ्य व्यवस्था मिलाउने सहमति पनि भएको छ । स्थानीय प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण गर...
मदरसा शिक्षालाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

मदरसा शिक्षालाई प्रभावकारी बनाउन छलफल र सहकार्य गरि अगाडि बढ्दै उपाध्यक्ष मौलाना मशहुद

शिक्षा, समाचार, समाज
कपिलवस्तु, चैत्र २० नेपालमा विभिन्न समुदायको बसोबास रहेको छ । जुन समुदायहरु शदियौंदेखि मिलेर बसोबास गर्दै आएका छन् । तर मुस्लिम समुदाय एक यस्तो समुदाय हो जो अहिले एकाईसौं शताब्दीमा आएर पनि विकासको मूलधारमा आउन सकेको छैन । मुस्लिम लगायतका अन्य पछाडि परेका वा पारिएका समुदायलाई विकासको मूलधारमा ल्याउन सक्ने दुई पाटाहरु छन् । यदि यी दुई एक त शिक्षा र अर्को रोजगार पाटालाई आधार बनाइयो भने मुस्लिम समुदाय पनि अरु समुदाय सरह राज्यको मूलधारमा आउन सक्नेछ मुस्लिम समुदाय हरेक क्षेत्रमा पछाडि पर्नुको मुख्य कारण उच्च शिक्षा नहुनु हो जसमा जति कमजोरी समुदायको छ त्यति नै राज्य पनि जिम्मेवार छ किनभने राज्यले मुस्लिम मदरसा शिक्षालाई बढोत्तरीका लागि कुनै विशेष योजना लागु गरेको छैन तर मुस्लिम समाजलाई शिक्षा तथा रोजगारीसँग जोड़ि अगाडि बढाउनको लागि लुम्बिनी प्रदेश सरकारले मदरसा बोर्ड गठन गरी मदरसा शिक्षामा आफ...
किरण चेम्जोङ एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

किरण चेम्जोङ एसियाको उत्कृष्ट १० खेलाडीको सूचीमा

खेलकुद, ब्यानर समाचार 2, समाचार
काठमाण्डौँ, चैत्र २० नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एएफसीकै साताको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको एएफसी इन्टरनेसनल प्लेअर अफ दि विकमा किरणसहित १० खेलाडी मनोनयनमा परेका हुन् । यसरी मनोनयनमा पर्ने किरण नेपालकै पहिलो खेलाडी समेत बने । एएफसीले पछिल्लो भएका भएका खेलहरुमा गरेको प्रदर्शनका आधारमा यो सूची सार्वजनिक गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबार सम्पन्न थ्री नेशन्स कपमा नेपालले उपाधि जित्दा किरण कप्तान थिए । उनको कप्तानीमा नेपालले पहिलो उपाधि जितेको थियो । जसमा तीन खेल खेल्दा किरणले दुई क्लिनसिट राखे भने एक गोल मात्र व्यहोरे । त्यही प्रदर्शनको आधारमा एएफसीले किरणलाई पनि मनोनयनमा राखेको जनाएको छ ।...
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समसामयिक राजनीतिक विषय र आगामी १४ औं महाधिवेशको विषयमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।...