Friday, April 19
Shadow

गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य र मन्त्रीबाट पदमुक्त


  • -इ
  • इ+

काठमाण्डौँ, वैशाख ५
गृहमन्त्री रामबहादुर थापा मगर ‘बादल’को राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमेको छ ।

नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभभयाे ।

उहाँको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वत: पदमुक्त हुनुभएकाे हाे । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बन्नुभएकाे थियाे । अदालतको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रूपान्तरण हुँदा थापाले एमाले राेज्नुभएकाे थियाे । थापाको पद गुमेपछि अब उहाँले मन्त्री बन्न पुन: संविधानअनुसार सपथ लिनुपर्छ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागेका माओवादी केन्द्रका प्रतिनिधि सभाका सांसदहरूको पद पनि खारेज भएको थियो ।

मन्त्रीसमेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको हो। सांसद पद गुमेपछि प्रधानमन्त्री ओलीले उनीहरूलाई फेरि ६ महिनाका लागि मन्त्री बनाउनुभएकाे छ ।

बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares