Tuesday, April 23
Shadow

के साँच्चिकै उर्मिलासँग प्रेममा छन् त सुनिल ? कालिकोटमा उर्मिलासँग रोमान्स गर्दा गर्दै भेटिए


  • -इ
  • इ+

काठमाडौँ । लोकपप गायक सुनिल गिरीको नयाँ गीत लेकाली भेगैमाको भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिवद्धको शब्द शृजनामा गायक सुनिलको संगीत र एरेन्जमा तयार भएको गीतमा सुनिलसँग पोखराकी उर्मिला गुरुगंसँगको रोमान्स देख्न सकिन्छ । यात्राका क्रममा घुम्दै जाने ३ बटुवामध्येका एक सुनिलले देखे लगत्तै उर्मिलाका नजरसँग नजर मिलाउन भ्याई हाल्छन् । भिडियोमा सुनिल र उर्मिलासँगै प्रतिवद्ध र विष्णु कमार बुढाको पनि अभिनय देख्न सकिन्छ ।

लुकिछिपी घुम्दा घुम्दै साटेको मायालाई लोक पप शैलीमा सुनिलले तयार पारेको भिडियो हेर्दा जो कोही युवालाई पनि आफ्ना यात्रा र कलेज लाइफका दिनहरुको याद आउन सक्छ । जानेर नजानेर गरिने प्रेममा देखिने रमइला पलहरुका मिठा दृश्यहरुलाई भिडियोमा जितु तामागंले कैद गरेका हुन् । मनोज कार्कीको सम्पादन रहेको भिडियोको कलरिगं राजेन्द्र मोक्तानको रहेको छ । गायक स्वयमकै निर्देशन रहेको गीतको भिडियो पनि सुनिलकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares