काठमाण्डौँ, वैशाख १२
दक्ष संचारकर्मी उत्पादन हाम्रो चाहना भन्ने उदेश्यका साथ काठमाण्डौँको बाईपासमा फ्रेन्डस् मिडिया ट्रेडिङ्ग सेन्टर संचालनमा आएको छ ।
शनिवार फ्रेन्डस् मिडिया ट्रेडिङ्ग सेन्टर शुभारम्भको शुभकामना दिदैँ अध्यक्ष पोखरेलले वर्तवान समयमा दक्ष संचारकर्मीको अभावमा यस ट्रेडिङ्ग सेन्टर दक्ष संचारकर्मी उत्पादनमा जोड दिनु पर्ने बताए । केन्द्रिय महासंघ र जिल्ला शाखाहरु संग सहकार्य गरेर पनि यस ट्रेडिङ्ग सेन्टरले हरेक स्थानबाट दक्ष संचारकर्मी उत्पादनमा सघाउँ पुर्याउने बताए ।
कार्यक्रमका विशेष अतिथि पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेलले उपयुक्त स्थानमा संचालनमा आएको ट्रेडिङ्ग सेन्टरले रसुवा, नुवाकोट, धादिङ लगाएतका स्थानमा पत्रकारिता गरिरहेका र पत्रकारिता गर्न चाहनु भएकाहरुका लागि ठूलो अवसर र महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञान प्रसाद पौडेलले ट्रेडिङ्ग सेन्टरहरुले दक्ष संचारकर्मी उत्पादन गर्न १५ दिने मात्र नभई थप समयको लागि पनि तालिम दिनुपर्ने बताए ।
ट्रेडिङ्ग सेन्टरका अध्यक्ष राजेन्द्र गजुरेलको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा ईन्टरभ्यु नेपालका प्रबन्ध निर्देशक दिपेश न्यौपाने , अर्थपथका संचालक विष्णु जम्कटेल, ग्रामिण आर्दश बहुमुखि क्याम्पसका पत्रकारिता प्राध्यापक श्रीराम पुडासैनि, विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य मातृका प्रसाद तिमिल्सिना, पर्यावरण चिन्तक माधव प्रसाद तिमिल्सिना लगाएतको उपस्थीति रहेको थियो ।