पामेल उपाध्यय
पञ्चायत काम सम्पन्न गरेर मात्र बोल्थ्यो। बिकास र संवृद्धि को निम्ति त्रिवर्षीय, पञ्चवर्षिय योजना हरु अघि सारेको थियो। देश भित्रै रोजगार दिलाउन कयौं उद्योगधन्दा र कलकारखाना हरु खोलेको थियो। इमान्दारी, नैतिकता र जवाफदेहिता को खडेरी थिएन। न्याय खोज्न पार्टी कार्यालय धाउनु पर्दैन थियो। राजा र प्रजा को सम्बन्ध थियो। बिकास को नाममा एउटा उदाहरण- मेलम्ची, राजा विरेन्द्र को योजना हो भन्ने केही झुण्डवाद हरुलाई थाहै रहेनछ। त्यही भएर त कोहि किशुन जी जयगान गाउँन ब्यस्थ छन् भने कोहि i love you ओलि बा भन्नमा मस्त छन्। यो अवधी सम्म आईपुग्दा मात्र रानिपोखरी र धरहरामा कायापलट सोच्ने जमात हरुलाई सर्वप्रथम लाल सलाम।
यता गणतन्त्र काम सम्पन्न हुनु भन्दा अघाडी नै बोल्छ। निकै नै तामझाम का साथ उद्घाटन गरेर तमासा देखाउछ। काम कम कुरा ज्यादा गणतन्त्र को पर्याय बनेको छ। रेल को चक्का को हावा खुस्कियो होला। पानी जहाज को पखेटामा पंखा लगाउन बाकी होला। पहिलो पटक प्रम. हुँदा उत्तर सङ्ग गरेको प्रोटोकल सन्धी हरु कुनै कार्वान्यनमा आएका छैनन्। हल्ला चाहिँ ब्रह्माण्ड थर्काउने किसिमको थियो। अस्ति भर्खरै ओछ्यान बाट एकसय कोनिकतिवटा बाटो को उद्घाटन गरियो रे। आगो निभाउने जहाज किन्ने रे। यो गर्ने रे उ गर्ने रे त्यो गर्ने रे। गरेर देखाओस् गणतन्त्रले। नागरिकको चाहाना पनि हो। कस्ले रोकेको छ ! भत्केका संरचना पुनः निर्माण हुँदा संवृद्धि देख्ने सम्पूर्ण भक्तजन हरुलाई पनि लाल सलाम।
राजा ज्ञानेन्द्र भारतिय निमन्त्रणामा धार्मिक कार्य (शाही स्नान) को निम्ति जादा यहाँ ल्वाठ हरुको सत्ता हल्लियो। फर्केर आउँदा को विचित्र बोली र शैली देख्दा २१औं शताब्दिमा, मान्छे बाट सुँगुर मा परिणत भएको देखियो। यति निर्लज्ज भाषा आफ्नो परिवार लाई दिन लाउदा के भन्थे होलान् ! प्रश्न के हो भने माहान उपलब्धिका ठेकेदार हरु- अरुका रिस र ईर्ष्या गर्नु को सट्टा यति कै इज्जत र सम्मान पाएर राष्ट्र को गौरब बढाएर देखाऊ। जनता का हृदयमा बाँस बसेर देखाऊ। ल्वाठ हरुले भनेको- धरहरा उठ्यो रे, रानिपोखरी बन्यो रे। बिरेन्द्र को योजना ३५बर्ष पछि पूरा भयो भने जाबो लढेको बस्तु उठ्नु अर्थात पुनः निर्माण हुनु ताप्लेजुङ्ग बाट दार्चुला मोटर बाटो बन्नु होइन। सक्छौं भने बनाएर देखाऊ। यो पनि नागरिकको चाहाना हो।
म त विश्व मानचित्रमा नेपाली खोज्छु। जहाँ जादा पनि नेपाली भनेर इज्जत र सम्मान खोज्छु। उठेको धरहरामा राष्ट्रवाद होइन, विकास, रोजगारी र सुसासनमा बहस चलाईदा राष्ट्रवाद देख्छु। विदेशी कम्फर्टेवल र तिनलाई खुशी दिलाउने राष्ट्रवाद होइन, राजनीतिक को आडमा भएका अर्वौं/खर्वौ का लुटेराहरु लाई कार्यवाही को दायरामा ल्याउने राष्ट्रवाद खोज्छु। विदेशी को एजेण्डामा कसरी काम गर्ने भन्ने राष्ट्रवाद हुँदै होइन। नागरिकको इच्छा र चाहाना लाई सम्बोधन गर्ने राष्ट्रवाद खोज्छु। दलिय इतिहास कंलक मा होइन, मार्गदर्शन सिद्धान्त र विचार मा राष्ट्रवाद खोज्छु। दलिय भागवण्डामा लुछाचुडी होइन, योग्यता सीप र दक्षता लाई सम्मान गरेको राष्ट्रवाद खोज्छु।
नागरिक हरुले बुझ्नु जरुरी छ। पुनः निर्माण भनेको सामान्य प्रक्रिया हो। कसैको गित गाईरहनु जरुरी छैन। बाटोघाटो बिजुलीबत्ती आदि नियमित प्रक्रिया हो कसैको योगदान को गित गाउँनु जरुरी छैन। प्रताप मल्लले निर्माण गरेको रानी पोखरी १९९० को भुईचालोमा परेर क्षति ग्रस्त हुँदा तत्कालिन प्रधानमन्त्री जुद्ध शमशेर ले पुनः निर्माण गर्दै भनेका थिए- प्रताप मल्ल को योगदान भन्दै भित्तामा आफ्नो नाम लेखाएनन्। धरहरा भिमसेन थापा ले बनाए तसर्थ भिमसेन स्तम्भ नाम रह्यो र अहिले ओलि ले बनाए अब ओलि स्तम्भ रहनु पर्छ भन्ने स्वाठ हरुको भिड लाग्न थालीसकेको छ किनकी अहिले राष्ट्रवाद र इतिहास को हैन बर्तमान र ब्याक्तीवाद को उदय भएको छ। जस्को न कुनै अन्तराष्ट्रिय स्तरमा सम्मान छ न राष्ट्रियस्तरमा योगदान नै।
अमेरिकी सत्तालाई सम्बोधन गर्ने राजा महेन्द्र, ह्वाईटहाउस को अवलोकन गर्ने बिरेन्द्र। आज त्यहीँ अमेरिका ले जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपाल भन्दा कयौं नयाँ देशहरु बंगलादेश, भुटान, श्रीलंका आदि लाई निमन्त्रणा गर्यो तर, यी नेता हरुले नेपाल लाई त्यो हैसियतमा पुर्याए कसैले बोलाएन। क्रान्ती दिवस अक्टुवर १तारिख (सायद १९६०/६१ तिर होला तस्वीर पाइन्छ) का दिन माओ ले आफ्नो छेवैमा राखेर राजा महेन्द्र लाई दिएको त्यो उच्च सम्मान आज सम्म कुनै नेपाली नेता ले प्राप्त गर्नु त परै जाओस्, नेपाल ले सहभागीता जनाउदै आएको, अहिले विश्व का ६०भन्दा बढी देशले सहभागिता जनाएको बोआओ सम्मेलनमा नेपाल लाई निमन्त्रणा सम्म गरेन। अस्तु
#सबैको_जयहोस्