Friday, May 3
Shadow

तत्काल विद्यालय बन्द नहुने


  • -इ
  • इ+

काठमाण्डौँ, चैत्र ३०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको विद्यालय कसरी सञ्चालन गर्ने भन्नेबारेको छलफल विना निष्कर्ष टुंगिएको छ।

मन्त्रालयले आयोजना गरेको छलफलमा विभागीय मन्त्री नै अनुपस्थित हुँदा कुनै निर्णय हुन नसकेको शिक्षा सचिव रामप्रसाद थपलियाले बताए।

छलफलमा सहभागी अधिकांश सरोकारवालाले भने कोरोना संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न गरेको आग्रहप्रति आपत्ति जनाएका थिए।

छलफलमा सहभागीले प्याब्सन तथा एनप्याब्सन लगायत सरोकालवाला निकायका प्रतिनिधिले विद्यालय बन्द गर्न नहुने धारणा राखेका हुन्।

‘अधिकांशको शैक्षिक संस्था बन्द गर्न हुँदैन भन्ने धारणा आयो,’ सचिव थपलियाले भने, ‘स्वास्थ मापदण्ड कडाइका साथ पालना गरी शैक्षिक संस्था चलाउनुपर्ने विषयमा एकमत रहेको छ।’ मन्त्री अनुपस्थित रहेकाले कुनै निर्णय भने गर्न नसकिएको उनको भनाइ छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares