Saturday, May 4
Shadow

Month: April 2021

पछिल्लो २४ घण्टामा ३०३ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ३०३ कोरोना संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २९ नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ सय ३ जना संक्रमित भएका छन् । यो समेत गरी कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएका छन् ।
रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते

रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु, सात घाइते

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, चैत्र २९ भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन् । तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो ।...
पछिल्लो २४ घण्टामा २८८ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा २८८ कोरोना संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २७ पछिल्लो २४ घण्टामा २ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १ सय २७ जना कोरोना संक्रमण मुक्त भएका छन् मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल २६ सय १५ जना आइसोलेसनमा छन् भने ८४ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना संक्रमितको संख्या भने २ लाख ७९ हजार ३ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ ।...
तरुण दलका नेता सबिन थापाले वृद्धाश्रममा खाद्यन्न वितरण गरेर मनाए जन्म दिन

तरुण दलका नेता सबिन थापाले वृद्धाश्रममा खाद्यन्न वितरण गरेर मनाए जन्म दिन

समाचार, समाज
काठमाण्डौँ, चैत्र २३ पछिल्लो समय जन्मदिन विभिन्न ठाउँहरुमा सहयोग गरी मनाउने क्रम बढेको छ । जन्मदिनका अवसरमा साथीभाईहरु माझ रमाइलोमा गरिने खर्च कटाएर वृद्धाश्रम, बाल आश्रम तथा गरिव दुखीहरुका लागि खर्च गर्ने युवाहरुको चलन जस्तै बनेको छ ।यसैक्रममा तरुण दलका नेता सबिन थापाले आफ्नो जन्मदिन वृद्धाश्रममा खाद्यन्न तथा अन्य उपभोग्य सामाग्री वितरण गरेर मनाएका छन् । तरुण दल काठमाडौं-नुवाकोट सम्पर्क समितिका कोषाध्यक्ष समेत रहेका थापाले मनमैजूमा रहेको नवजीवन परोपकार समाज सेवामा दाल, चामल, नुन, तेल, ग्यास, मास्क, साबुन लगायतका खाद्य तथा अन्य सामाग्रीहरु वितरण गरे ।सोमवार जन्मदिनको अवसरमा परोपकार समाज पुगेर थापाले खाद्यान्न सामाग्रीहरु उक्त संस्थाका संस्थापक सदस्य मिरा के सिलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह के सि, काठमाडौं महानगरपालिक...
एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO)सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो प्रदेश परिषद सम्पन्न

एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO)सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रो प्रदेश परिषद सम्पन्न

राजनिती, शिक्षा, समाचार, स्थानिय तह
खगेन्द्र अबस्थि/कैलाली एकीकृत अखिल नेपाल शिक्षक संगठन UANTO,सुदूरपश्चिम प्रदेश कमिटीले आफ्नो दोस्रो प्रदेश परिषद् बिस्तारित बैठक "राष्ट्रियता,लोकतन्त्र र संबैधानिक सर्बोच्चता हाम्रो अभियान! शिक्षक एकता,संघीय शिक्षा ऐन र समाजबादी शिक्षा नीति UANTO को पहिचान!!" भन्ने मुल नाराका साथ सु.प.को अस्थायी राजधानी धनगढी स्थित श्री त्रिनगर मा.बि.मा भब्यरुपले सम्पन्न गरेको छ।सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्ला बाट प्रतिनिधित्व गरि सहभागीको रुपमा २०५ संख्यामा प्रदेश पार्षद सदस्यको रुपमा शिक्षकहरुको उपस्थिति रहेको थियो। भेलामा प्रत्येक जिल्लाबाट रिपोर्टिङ ब्यबस्था समेत गरिएको थियो। दोस्रो प्रदेश परिषद् बैठकको सन्चालन प्रदेश महसचिब रतन प्रसाद जैसीले गर्नुभएको थियो भने अध्यक्षता प्रदेश अध्यक्ष दलबहादुर कार्कीले गर्नुभएको थियो।परिषद्को प्रमुख अथितीको रुपमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्...
माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु  : ओली

माओवादी केन्द्रले समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : ओली

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २१ प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने घोषणा गरेका छन्। बालुवाटारबाट देशभरका १ सय ६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा माग्नेहरुलाई पहिले समर्थन फिर्ता लिन चुनौति दिएका हुन्। ओलीले भने, ‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न।’...
हरित साउदी अरेबिया  ,हरित मध्यपूर्व’ नाराका साथ साउदी अरबले १० अर्ब बिरुवा रोप्ने

हरित साउदी अरेबिया ,हरित मध्यपूर्व’ नाराका साथ साउदी अरबले १० अर्ब बिरुवा रोप्ने

अन्तर्राष्ट्रिय, समाचार, समाज
शहबाज खान बिश्वको सबैभन्दा बढी तेल उत्पादक देश साउदी अरबियाले ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ नाम दिएको महत्वपूर्ण अभियान अन्तरगत साउदीमा १० अर्ब बृक्षारोपण गर्ने एउटा बातावरण मैत्री र जलवायु परिवर्तनको समस्यालाई हल गर्ने महवत्वपूर्ण बृहत कार्यक्रम अघि सारेको छ । यो बृक्षारोपण अभियानबाट बातावरण जोगाउने, कार्बन उत्सर्जन घटाउने, प्रदुषण रोक्ने, भूमिको स्तर खस्कन नदिने सामुद्रिक जीवनको रक्षा र सुधार गर्ने तथा भावी मानब पुस्ताको भबिष्य गुणस्तरीय तुल्याएर सुरक्षित राख्ने अत्यन्तै महवपूर्ण सामयिक उदेश्य राखेको छ । यस अभियानले बिश्वमा कार्बन उत्सर्जन ४ प्रतिशतले घटाउन योगदान पुग्दछ भन्ने दाबी गरिएको छ भने २०३० सम्ममा स्वच्छ ऊर्जा उत्पादनको हिस्सामा पनि ५० प्रतिशतले बढाउने नीति पनि रहेको छ । यो ‘हरित साउदी अरबिया, हरित मध्यपूर्ब’ पहलको प्रयास मध्यपूर्बका देशहरुका बीच समन्वय गर्ने र ...
कैलालिको धनगढीमा हलिया कमैया भूमिहीनको पहुच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

कैलालिको धनगढीमा हलिया कमैया भूमिहीनको पहुच सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मुख्य समाचार, समाज, स्थानिय तह
खगेन्द्र अबस्थित/कैलालि संविधानसभा सदस्य एवं हलिया मुक्ति आन्दोलनका राष्टिँय अभियन्ता, पूर्व सासद हरि श्रीपाईलीले हलिया,कमैया र कमलरी प्रथा अन्त्यको घोषणा गरिएता पनि उनीहरुहरुको म भूमिमा पूर्ण स्वामित्व सहित भूमिको मालिक बनाउन नसक्दा जीवनस्तर माथि उठ्न नसकेको बताउनु भएको छ । उहाँले संविधानमै भूमिहिन दलित एंव सिमान्तकृत समुदाय पुर्बसासद श्रीपाइलि बिगतका दिनमा पनि जनतालाई सहयोग गर्दै आइरख्नु भयको छन अबका दिनमा जनताका साथमा हुने उनले बताउनु भयका छन उहा जनताका नेता भयको धनगढीका बासिन्दा बताउँछन। अहिले ऐलानि जग्गालाई नम्बरि बनाउने कुरा हल्लामात्र नभयको उहाले बताउनु भयको छ आफु जनतामाझ गयर जनताका जग्गाका फर्म समेत कार्यक्रममा उल्लेख गर्नु भयका छन। शुक्रवार कार्यक्रममा भयको ब्रिस्तित कुराकानि उहाले यसरि बताउनु भयका छन। “हामीबाट कर लिन हुने तर फाराम किन नभरिदिने ?” नगरपालिकाको वडा नं. १०...
कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

कोरोनाको दोस्रो लहर : पहिलो लहरको तुलनामा तीन गुना तीव्र

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत्र २१ भारतमा पहिलो लहरको तुलनामा दोस्रो लहर तीन गुना तेज रहेको पाइएको छ। शुक्रबारदेखि शनिबारसम्मको २४ घण्टामा त्यहाँ ८८ हजार नौ सय ८८ जना संक्रमित भेटिएका छन्। अघिल्लो दिनको तुलनामा त्यो संख्या १० हजार बढी हो। सेप्टेम्बर २०२० पछि त्यहाँ एकैदिन उक्त संख्यामा कोरोना संक्रमित बढी भेटिएका हुन्। दोस्रो लहरमा मृत्यु हुनेको संख्या भने निकै कम रहेको छ।...
प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने  कांग्रेसको निर्णय

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

ब्यानर समाचार, राजनिती, समाचार
काठमाण्डौँ, चैत्र २० नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको केन्द्रीय सदस्य डिला संग्राैलाले बताइन्। प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने कांग्रेसले निर्णय गरेको अर्का केन्द्रीय सदस्य प्रदीप पाैडेलले बताए। उनका अनुसार नयाँ सरकार गठनका लागि अग्रसरता लिने पनि बैठकले निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यालाय सानेपामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सहभागी छन्।...