महेन्द्र अधिकारी/ललितपुर, चैत्र ३०
पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा भर्खरै मात्र भाइरल लक्ष्मी खड्का र लोक प्रिय गायक शनी बिश्वोकर्मा को स्वरमा “मलाई माया नगर नगर” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा युनिक भोजराज बि.क. को शब्द र संगीत रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई कृष्ण बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुराली मास्टरिङ्ग गरेका हुन् ।
गीतले माया,प्रेम र बिछोडको कुरालाई देखाउन खोजेको छ। कपिल लामाको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा सारिका के.सी. रआशिर प्रताप जंग र जयराम खड्काको अभियनय देख्न सकिन्छ । बिपिन छेत्रीले छायांकन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन र कलर गरेका हुन् ।
बिदुर आपागाईको प्रस्तुति रहेको ‘मलाई माया नगर नगर’ म्यूजिक भिडियो (ए बी एस् म्युजिक) ABS Music को अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :