गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा
काठमाडौं , माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल सावित भएको बताएका छन् ।
राप्रपा काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिन्ह अनावरण, झण्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्धा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठुलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भन्दै व्यंग्य गरे ।
०६२९०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताउँदै अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाईएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने थियो भन्दै अब हरेक नेपाली जनताको चेतनाको स्तरमा उच्च गतिमा विकास भएका कारण...









