Saturday, April 27
Shadow

Month: February 2021

निद्रा लाग्दैन ? यी उपाय अपनाउनुस्

निद्रा लाग्दैन ? यी उपाय अपनाउनुस्

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं, फागुन १५ । स्वास्थ्यसम्बन्धी कैयौँ समस्याको एक प्रमुख कारण अनिद्रा पनि हो । त्यसैले निद्रासँग सम्बन्धित जुनसुकै समस्यालाई गम्भीरतापूर्वक लिन जरुरी छ । अन्यथा विभिन्न स्वास्थ्यसमस्याको सिकार भइन्छ । यस्ता कारणले लाग्दैन निद्रा १. जीवनशैली तनावपूर्ण भएमा । २. काममा बढी चाप भएमा । ३. राति ढिलोसम्म जागा रहेमा । ४. सुत्ने समयमा यात्रा गरेको अवस्थामा । ५. स्वास्थ्य अवस्था बिग्रेको अवस्थामा । ६. कुनै औषधिको सेवनले पनि निद्रालाई असर गर्छ । ७.. कैफिन, निकोटिनको अत्यधिक सेवन निद्रा कम हुनु । यी हुन् निद्रा लगाउने उपाय १.राति निश्चित समयमा सुत्ने बानी बसाल्ने । २. सुत्नुभन्दा एक घण्टापहिले मानसिक तनावयुक्त कामबाट मुक्त हुने । ३. सक्रिय जीवनशैली अपनाउने । ४. सकारात्मक सोच राख्ने । ५. सुत्नुपहिले धेरै खाना र पेय पदार्थको सेवन नगर्ने । ६. सुत्नुपहिले चिसो दूधमा मह मिलाएर...
आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ :  प्रचण्ड

आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ : प्रचण्ड

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौँ, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताएका छन् । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबैभन्दा घातक रहेको बताए । “पार्टीभित्रैबाट वर्गउत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन् र उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन्”, उनले भने, “आफू जहाँबाट जन्मिएको हो, त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो त्यही वर्गको प्रतिनिधिजस्तो ठान्न पुग्छन् ।” कम्युनिष्ट पार्...
भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई

भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ : प्रमुख आयुक्त राई

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार
काठमाडौँ , फागुन १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियार दुरुपयोग गर्ने जो सुकैलाई पनि तथ्य र प्रमाणका आधारमा कारबाही गरिने जनाएका छन् । उनले कुनै प्रतिशोध र पूर्वाग्रहका आधारमा निदोषर्लाई फसाउने गरी कुनै निर्णय नगरिने पनि स्पष्ट पारे । प्रमुख आयुक्तमा नियुक्त भएकामा आफूलाई बधाई दिन आयोग परिसरमा आज पुगेका काठमाडौं महानगरपालिका¬ २९ का स्थानीयवासी, स्थानीय संस्थाका प्रतिनिधि, समाजसेवी तथा बुद्धिजीवीसँगको कार्यक्रममा उनले सो धारणा राखेका हुन् । मुलुकमा भ्रष्टाचार नरोकिएकामा चिन्ता व्यक्त गर्दै उनले आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु चुनौती रहेको बताउँदै आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणको काममा लाग्ने जनाए । भ्रष्टाचार नियन्त्रण तथा अनुसन्धानमा आम नागरि...
भारतमा अहिलेसम्म लगाए एक करोड ४२ लाख बढीले कोरोना खोप

भारतमा अहिलेसम्म लगाए एक करोड ४२ लाख बढीले कोरोना खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, फागुन १५ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि शुक्रबारसम्म एक करोड ४२ लाख ४२ हजार भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भएको छ । त्यसैगरी दिर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा गत बुधबार जानकारी दिएका थिए । सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्...
सांसद् किनबेच हुने खतरा बढ्यो– मन्त्री ज्ञवाली

सांसद् किनबेच हुने खतरा बढ्यो– मन्त्री ज्ञवाली

ब्यानर समाचार, राजनिती
काठमाडौं , फागुन १५ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरूको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरूको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको बताए। सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुन सिफारिस भएको मन्त्री ज्ञवालीको भनाइ छ । उहाँले गत वर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको बताए । मन्त्री ज्ञवालीले तीन वर्ष सम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल भएको बताउँदै सरकारले आर्थिक विकासमा सही काम...
राजीनामा नदिने प्रधानमन्त्रीको दाबी , राजीनामा दिए देशमा अस्थिरता आउने टिप्पणी

राजीनामा नदिने प्रधानमन्त्रीको दाबी , राजीनामा दिए देशमा अस्थिरता आउने टिप्पणी

ब्यानर समाचार, राजनिती
काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने दाबी गरेका छन् । सर्वोच्च अदालतको फैसलापछि राजीनामा माग भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यसलाई ठाडै अश्विकार गरेको भन्दै हिमालय टेलिभिजनको अनलाइन संस्करणले समाचार तयार पारेको छ । उक्त टेलिभिजनको अनलाइन संस्करणले कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने भन्दै कुनै पनि हालतमा राजीनामा नदिने बताएको उल्लेख गरेको छ । समाचारका अनुसार प्रचण्ड–नेपाल समूहको नेकपाले ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास गरिरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो सम्भावना नरहेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् ।...
विप्लब समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

विप्लब समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

ब्यानर समाचार, राजनिती
सप्तरी, फागुन १४ । नेत्रविक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन कार्यकर्तालाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ । आर्थिक सहयोगको पत्रसहित सप्तरी जिल्ला जनसत्ता प्रमुख सप्तरी खड्क नगरपालिका–३ बनरझुल्ला टोलका ५२ वर्षीय आदर्श उपनामका रामनाथ मण्डलसहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहका अनुसार पक्राउ पर्नेमा सिरहारसप्तरी जिल्ला सदस्य राजविराज नगरपालिका–४ का उदय उपनामका उदयनाथ मण्डल र विष्णुपुर गाउँपालिका–१ का २५ वर्षीय रामकृष्ण मण्डल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले जनविद्रोह लेखिएको किताब, वीर मधेशी लेखिएको किताब, युवा सङ्गठन नेपालको साधारण सदस्यता ठेली, युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोगको पत्र, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लेखिएको आर्थिक सहयोगको...
अध्यक्ष प्रचण्ड भन्छन् -अब केपी ओलीसँग झुक्किएर पनि एकता हुँदैन

अध्यक्ष प्रचण्ड भन्छन् -अब केपी ओलीसँग झुक्किएर पनि एकता हुँदैन

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं , फागुन १५ । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् । साथै उनले अब ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् । शुक्रबार प्राइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने ओली प्रतिगमनकारी भएकाले अग्रगमनकारी र प्रतिगमनकारी सँगै हिड्न र एकता गर्न नसक्ने बताएका हुन् ।...
सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

दुर्घटना, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सुनसरी, फागुन १६ । सुनसरीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरी-१२ मा बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकल यात्री मोरङको उर्लाबारी–१ का ४१ वर्षीय मनोज खनाललाई ठक्कर दिएको हो । शुक्रबार साँझ पौने ७ बजे ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा राति साढे ८ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’

मझधारमा कांग्रेस, ‘सत्ता’ कि ‘संगठन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, फागुन १५ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेपाली कांग्रेस अनौपचारिक रुपमा विभाजित नेकपाको मझधारमा उभिएको छ । नयाँ सरकार निर्माणका लागि कांग्रेस अहिले निर्णायक शक्तिका रुपमा देखिएको छ । भलै अहिले पर्ख र हेरको नीति अवलम्बन गरेको कांग्रेस सत्तामा जान चाहेको विश्लेषण भइरहेको छ । कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजित भएपछि मात्रै नीतिगत निर्णय गरेर अघि बढ्ने मनसाय बोकेको छ । कांग्रेसले नेकपाको औपचारिक विभाजन पर्खनुलाई सत्ताको नेतृत्वका लागि थापेको च्याँखे का रुपमा पनि अथ्र्याइएको छ । सांगठनिक रुपमा कमजोर काँग्रेसका लागि सत्ता वा संगठन निर्माण गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ । कांग्रेसले आफ्नो भूमिका सत्ताभन्दा संगठनमा केन्द्रित गर्नसके भविष्य राम्रो बन्नेछ । अहिले सत्ताभन्दा महाधिवेशनलाई लक्षित गरी अघि बढ्नुपर्ने सुझाव जिल्ला तहका नेताहरुको छ । अहिले क...