Wednesday, April 24
Shadow

निर्वाचनको तयारी तीब्र पार्न प्रधानमन्त्रीको निर्देशन


  • -इ
  • इ+

काठमाण्डौँ, माघ २७
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनको तयारी तीब्र पार्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

आयोगले निर्वाचनको तयारीका लागि गरिरहेको कामको जानकारी लिन आयोग पुगेका प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरुसँग छलफल गरी निर्वाचनको तयारी तीव्र पार्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीलाई निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले अहिलेसम्म गरेको कामको जानकारी प्रधानमन्त्रीलाई गराएको बताउँदै थापाले आयोगको काम प्रति प्रधानमन्त्री सन्तुष्ट रहेको बताए ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्ने मिति तोकेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares