Wednesday, April 24
Shadow

मन्त्रिपरिषद्को निर्णय : पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन


  • -इ
  • इ+

काठमाडौं, माघ २७ । सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले पहिलो चरणमा आगामी १७ वैशाखमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा र दोस्रो चरणमा २७ वैशाखमा प्रदेश १, बागमती र कर्णाली प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारको तर्फबाट निर्वाचनको सबै तयारी पूरा भइसकेको उनले बताए । अदालतले अन्तरिम आदेश नदिएको, सुरक्षा थ्रेट पनि नभएको जानकारी प्रधानमन्त्रीले आयोगमा गराएको पनि उनले बताए ।

निर्वाचन आयोगले पनि छिटो निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने बताएको उनको भनाइ छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares