Friday, April 26
Shadow

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल भयो – कमल थापा


  • -इ
  • इ+

काठमाडौं , माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता असफल सावित भएको बताएका छन् ।

राप्रपा काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित पार्टीको चुनाव चिन्ह अनावरण, झण्डोत्तोलन एवं काठमाडौं जिल्ला समायोजन घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले समसामयिक राजनीतिक परिवेशको चर्चा गर्दै व्यवस्थापिका प्रमुखले कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र राष्ट्रप्रमुख विरुद्ध मुद्धा हाल्नुपर्ने अवस्थाले यहाँभन्दा ठुलो विचित्रको गाईजात्रा कहीँ नदेखेको भन्दै व्यंग्य गरे ।

०६२९०६३ देखि हालसम्म परिवर्तन र त्यसलाई संस्थागत गर्ने नाममा व्यर्थ समय खर्च भएको बताउँदै अध्यक्ष थापाले उक्त समयमा भएको फजुल खर्चलाई विकास निर्माणमा लगाईएको भए देशको अवस्था धेरै अगाडि पुगिसक्ने थियो भन्दै अब हरेक नेपाली जनताको चेतनाको स्तरमा उच्च गतिमा विकास भएका कारण राजनीतिको नाममा व्यक्तिगत र गुटगत स्वार्थ बोकेकाहरु अब पाखा लाग्ने ठोकुवा गरे ।

देशमा संकट र फोहोर सृजना गर्ने शक्तिहरुलाई जनताले पाखा लाउने समय आइसकेकोले अबको विकल्प राप्रपा मात्र भएको जिकिर गर्दै थापाले वैचारिक दृष्टिकोण, निष्कलंक र अनुभवी नेतृत्व भएको राप्रपाले मात्र देशलाई संकटबाट निकास दिनसक्ने दावी गरे । यो अवसर र चुनौतिलाई सामना गर्न सबै पङ्तीका नेता, कार्यकर्ताहरुलाई पार्टीको नीति र सिद्धान्तलाई बोकेर हरेक नेपालीको घरदैलोमा पुग्न आग्रह गर्दै उनले राजसंस्था सहितको लोकतन्त्र, हिन्दुराष्ट्र र स्थानीय स्वायत्त शासन प्रणाली स्थापना गर्न राप्रपा दृढ रहेको दोहोर्याए ।

पार्टी समायोजनलाई प्राविधिक रुपमा मात्र नभएर भावनात्मक एवं आत्मिय रुपमा मनन् गरेर संगठन निर्माणमा लागे राप्रपालाई अग्रणी शक्ति बन्नबाट कसैले रोक्न नसक्ने बताउँदै संगठन निर्माण र विस्तारमा जुट्न काठमाडौंका नेता कार्यकर्ताहरुलाई थापाले निर्देशन दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares