Thursday, April 25
Shadow

सरकारले घटायो बजेटको आकार, १३ खर्ब ४४ अर्बमा झर्‍यो


  • -इ
  • इ+

काठमाडौं, २७ माघ । उत्साहित बनेर बजेट ल्याएको केपी शर्मा ओली नेतृत्वको सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएको छ । चालू आर्थिक वर्ष २०७७–०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो ।

शुरुमा महत्वाकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाएको छ । केपी ओली नेतृत्वको सरकारले सार्वजनिक गरेको तीन वटै बजेटको आकार बीचमा घटाइएको छ ।
६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यो कुल बजेटको ९१।१९ प्रतिशत मात्र हो ।

अर्थमन्त्री विष्णु पौडेलका अनुसार यो बजेट निर्वाचन र कोभिड खोपमा हुने खर्च समेत जोडेर हो । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने उनले जानकारी दिएका छन् ।

संशोधित अनुमान अनुसार चालू खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षमा सरकारले राजस्व र आन्तरिक ऋणबाट १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानबाट ३५ अर्ब र वैदेशिक ऋणबाट २ खर्ब ३५ अर्ब रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै सरकारले कोरोनाको कारण यस वर्ष बजेटले तोकेको ७ प्रतिशत आर्थिक वृद्धिदर नहुने संशोधित अनुमान गरेको छ । मन्त्रालयका अनुसार यो वर्ष औसत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको हो । यस्तै संशोधित राजस्व लक्ष्य १० खर्ब ७४ अर्ब ९राजस्व र आन्तरिक ऋणबाट० संकलन गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सरकारले वैदेशिक अनुदान पनि घटाएर ३५ अर्बमा झारेको छ ।

यस बाहेक वैदेशिक ऋण २ खर्ब ३५ अर्बमा झारिएको छ । सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले ल्याएको कुल बजेट विनियोजनमध्ये चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड अर्थात् ६४।४ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३।९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११।७ प्रतिशत खर्च गर्ने जनाएको थियो । बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा ५ खर्ब २४ अर्ब ५० करोड न्यून हुने उल्लेख थियो ।

उनका अनुसार सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड ऋण जुटाइने भनिएको थियो । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा पनि नपुग हुने खुद २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री खतिवडाले बताएका थिए ।

तर चालू आर्थिक वर्षको ६ महिनामा विकास खर्च गत वर्षको तुलनामा १९।६० प्रतिशत घटेको छ । चालू आर्थिक वर्षको कुल पुँजीगत बजेट ३ खर्ब ५२ अर्ब ९२ करोडमध्ये ५० अर्ब ८२ करोड मात्रै खर्च गर्न सकेको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares