Wednesday, May 8
Shadow

Month: February 2021

प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बस्दै, एजेण्डा के छ ?

प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बस्दै, एजेण्डा के छ ?

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ १९ । नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समितिको बैठक बस्दै छ ।संसदविघटनविरुद्ध तेस्रो चरणका आन्दोलनका कार्यक्रम गरिरहेको उक्त समुहले बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड समूहले केन्द्रीय समितिको बैठक आह्वान गरेको हो। प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।...
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं , माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले आज सोमवार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बोर्डले अहिले बिहान १० बजे बैठक बोलाएको छ । कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा अन्तत आज प्रकाशित हुने लगभग पक्का भएको हो । महामारीका कारण निकै ढिलो गरी सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशन शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिए जसरी परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा समयमा नतिजा सार्वजनिक गर्न नसकिएको बोर्डले बताउँदै आएको थियो ।...
संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनलेआज देशभर प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध कांग्रेसका १३ वटै भातृ संगठनलेआज देशभर प्रदर्शन गर्दै

ब्यानर समाचार, राजनिती
काठमाडौं , माघ १९ । नेपाली कांग्रेसका १३ भातृ संगठनले आज देशभर प्रदर्शन गर्ने भएका छन् । संसद विघटनविरुद्ध नेपाली कांग्रेसका १३ भातृ संगठन एकजुट भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असम्वैधानिक कदमविरुद्ध आन्दोलित हुनुपरेको उनीहरूले संयुक्त विज्ञप्तिमार्फत जनाएका छन् । पार्टीको १३ गते बसेको केन्द्रीय समिति बैठकले १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा सोमबार एकसाथ ७७ जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुरुप उनीहरू आन्दोलित बनेका हुन् । देशका विभिन्न स्थानमा हुने सभालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।विज्ञप्ति निकाल्दै सोमबारको प्रदर्शनमा सहभागि हुन देशभरका सबै सदस्य, समर्थक, शुभचिन्तकहरुलाई कांग्रेसले आग्रहसमेत गरेको छ । कांग्रेसले यस अघि १६५ वटै निर्वाचन क्षेत्र, ३३० वटै प्रदेश सभा, ७५३ वटै स्थानिय तह र ६ हजार ७४३ वटै वडामा विरोध प...
आज २०७७ माघ १९ गते सोमबारको राशिफल, कस्तो रहला तपाईको आजको दिन ?

आज २०७७ माघ १९ गते सोमबारको राशिफल, कस्तो रहला तपाईको आजको दिन ?

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन पनि सुखमय नै हुनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार पनि सुन्न पाइएला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध ह...
म्यान्मारमा सेनाको कू, सुकीसहित शिर्ष नेताहरु हिरासतमा

म्यान्मारमा सेनाको कू, सुकीसहित शिर्ष नेताहरु हिरासतमा

अन्तर्राष्ट्रिय, ब्यानर समाचार
काठमाडौँ । म्यान्मारमा सेनाले कू गरेको छ । गत नोभेम्बरमा सम्पन्न निर्वाचनपछि जारी मतभेदका बीच म्यान्मारको सेनाले नेशनल लिग फ्र डेमोक्रेसी पार्टीकी सर्वोच्च नेता आङ सान सुचीसहित वरिष्ठ नेताहरुलाई सेनाले हिरासतमा लिएको पार्टी प्रवक्ताले जानकारी दिएका छन् । सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट, अरु नेता, विभिन्न राज्यका मुख्यमन्त्रीहरुलाई पनि पक्राउ गरिएको छ ।नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको पार्टीले सरकार बनाउन पर्याप्त सिट जितेपनि सेनाले भने चुनावमा धाधली भएको आरोप लगाउदै आएको थियो । सोमबार नयाँ निर्वाचत संसदको तल्लो सदनको बैठक बस्नु अघि नै सेनाले सुकी, राष्ट्रपतिसहित शिर्ष नेताहरुलाई हिरासतमा लिएको छ भने संसद बैठक पनि स्थगित गरेको बताइएको छ । नेताहरुलाई हिरासतमा लिनु अघि सेनाले राजधानी नेपीटावमा इन्टरनेट सेवा बन्द गरिएको थियो । अहिले राजधानी र अन्य मुख्य शहरमा सडकमा सेन...
आजको मौसम:  हेर्नुस् यस्तो छ पूर्वानुमान

आजको मौसम: हेर्नुस् यस्तो छ पूर्वानुमान

ब्यानर समाचार, मौसम, समाचार, समाज
काठमाडौं, माघ १९ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। भने, हाल प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आशिंक बदली रहेको छ र तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । देशका अन्य बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ। यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहे...
‘नेकपा दर्ता भएन भने के गर्ने, अहिले त्यसै भन्न सकिन्न’

‘नेकपा दर्ता भएन भने के गर्ने, अहिले त्यसै भन्न सकिन्न’

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, माघ १९ । निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सञ्चालन गर्न नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको छ । राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षमध्ये एउटालाई आधिकारिकताको मान्यता नदिएपछि दल दर्ता कार्यक्रम सञ्चालनमा चुनौती थपिएको हो । निर्वाचनमा सहभागी हुन चाहने दलहरुले आयोगमा दर्ता गराउनु पर्ने प्रावधान रहेको छ । आउँदो वैशाख १७ र २७ गते तय गरिएको मध्यावधि निर्वाचनका लागि पनि दल दर्ता गराउनु पर्ने हुन्छ । तर विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपाको आधिकारिकताबारे टुंगो नलाग्नु दल दर्ता कार्यक्रमका लागि चुनौतीका रुपमा देखिएको आयुक्तहरु बताउँछन् । निर्वाचनको तयारीको पहिलो कार्यक्रमअन्तर्गत माघ १५ गते बिहीबारदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको छ । सो कार्यक्रम सम्पन्न भएलगतै दल दर्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने...
चीनले नेपाललाई ३ लाख डोज भ्याक्सिन दिने

चीनले नेपाललाई ३ लाख डोज भ्याक्सिन दिने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ १९। चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ । चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ । सो खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई सो भ्याक्सिन दिइसकिएको दूतावासले जनाएको छ । भ्याक्सिनको विश्वसनीयता उच्च स्तरको रहेको दूतावासको भनाइ छ ।...

4033

Uncategorized
LIGANDROL SARM LGD-4033 can be Correlate inside rns investigational Selective androgenic lifestyle Réceptor Modulator (SARM) that is certainly empIoyed to the therapy of countless occasions similar to muscle tissues coming and additionally pathology, discovered by idea prescription drug pharmaceutical drug treatments. (more…)