Friday, May 22
Shadow

Month: December 2020

नेता खाँण भन्छन् – राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रजातन्त्रको रक्षा हुन सक्दैन

नेता खाँण भन्छन् – राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रजातन्त्रको रक्षा हुन सक्दैन

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले यस्तो बताएका हुन् । संविधानको मर्मविपरीत प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमप्रति राष्ट्रपति साक्षी बसेको आरोप उनले लगाए । नेता खाँणले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनताको अधिकार सिध्याउन लागेको आरोप लगाए। साथै उनले प्रधानमन्त्रीको कदमले हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धी नै संकटमा परेको बताए। पूर्वमन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनअधिकार सिध्याउन खोजेमा नेप...
रुकुममा चक्कु प्रहार गरी श्रीमानको हत्या

रुकुममा चक्कु प्रहार गरी श्रीमानको हत्या

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । रुकुम ९पश्चिम०मा मुसिकोट नगरपालिका–८ घोरखानी, किटेनीका चित्रबहादुर थापाको हत्या भएको छ । ३९ वर्षीय श्रीमानको हत्या गरेर एक महिलाले आफैँ प्रहरीको सम्पर्कमा आएको बताएकी छन् । किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएकी हुन् । घरायसी विवादमा धारिलो चक्कु हानेर पति थापाको हत्या गरेको प्रारम्भिक वयान दिएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । आइतबार बिहान ४ बजे हत्या गरी बेलुकी ५।१५ बजेतिर आफूले श्रीमान्को हत्या गरेँ भन्दै आफैँ कार्यालयमा आएको प्रनाउ केसीले बताए । त्यसपछि प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएकामा थापाको शव आफ्नै घरभित्रै भेटिएको प्रनाउ केसीले जानकारी दिए । श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया थालिएको र शव परीक्षणका लागि जिल्ला अस्प...
उखु किसान र सरकारबीच चार बुँदे सहमित , भयो आन्दोलन स्थगित

उखु किसान र सरकारबीच चार बुँदे सहमित , भयो आन्दोलन स्थगित

ब्यानर समाचार, समाचार
काठमाडौं , पुस १३ । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । उखु किसानले चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गरेका छन् । किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको ओझाले बताए । विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका थिए ।  ...
चीनले भन्यो -नेपाल भ्रमण आन्तरिक मामलामा हस्तक्षेप नभइ मित्रता गहन पार्न हो

चीनले भन्यो -नेपाल भ्रमण आन्तरिक मामलामा हस्तक्षेप नभइ मित्रता गहन पार्न हो

ब्यानर समाचार, राजनिती
काठमाडौं , पुस १३ । उत्तरी छिमेकी चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ । नेपालमा सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न संघर्षका कारण संसद विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चीनले आफ्ना पार्टी नेताहरूको काठमाडौं अवतरण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको दाबी गरेको हो । सोमबार बेइजिङमा आयोजना गरिएको परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता चाओ ली च्येनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’ बेइजिङमा रहेका भारतीय पत्रकारले सीपीसी केन्द्रिय समिति अन्तर्राष...
राष्ट्रिय सभा अधिवेशन तयारी पूरा, उठ्ला त प्रतिनिधि सभा विघटनको विषय ?

राष्ट्रिय सभा अधिवेशन तयारी पूरा, उठ्ला त प्रतिनिधि सभा विघटनको विषय ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । राष्ट्रिय सभाको बैठक आगामी पुस १७ गते बोलाइएको छ। यसका लागि आवश्यक व्यवस्थापकीय काम पूरा भएको स‌ंघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि राष्ट्रिय सभाको बैठक भने पुस १७ गते बोलाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सातौँ अधिवेशन पुस १७ गते दिउँसो ४ बजे आह्वान गरेसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारी पुरा गरेको बताएको छ। यस्तै राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन्।यता प्रतिनिधि सभा विघटनको विषयलाई राष्ट्रिय सभाको बैठकमा उठाउन नपाइने भएको छ। प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको अधिवेशन शुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषयमा के कसरी कुरा उठ्छ भन्ने आम चासोको विषय बनेको छ। पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघ...
राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा गयाे: नेता पौडेले

राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा गयाे: नेता पौडेले

मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १३ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा जान लागेको बताएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध देशभर विरोधमा उत्रिएको कांग्रेसको तनहुँको सभालाई सोमबार सम्बोधन गर्दै नेता पौडेलले संविधानको अक्षर र भावनामाथि राष्ट्रपति र प्रधानमन्त्रीले मिलिभगतमा प्रहार गरेको बताए । उनले नेपालको स्वाधीनता र अस्मिता बचाउने, लोकतन्त्रलाई समृद्ध बनाउने जिम्मेवारी आमकांग्रेसीमा आएको बताए ।...
मन्त्रिपरिषद विस्तार रोक्न माग गर्दै सर्वोच्चमा रिट

मन्त्रिपरिषद विस्तार रोक्न माग गर्दै सर्वोच्चमा रिट

ब्यानर समाचार 2, राजनिती, समाचार
काठमाण्डौँ, पुष १३ प्रतिनिधिसभा विघटनपछि काम चलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ । अधिवक्ताहरु लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरेका छन् । संविधानको धारा ७७ (१) ले प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने र अहिलेका प्रधानमन्त्री प्रतिनिधिसभा सदस्यसमेत नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने जिकिर गरिएको छ । धारा ७७ (३) ले प्रधानमन्त्री पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेसम्मको अधिकार दिएको छ । संविधानको पालन र संरक्षण गर्ने प्रमुख कर्तव्यबाट राष्ट्रपति गम्भीर रुपमा चुकेको रिटमा उल्लेख छ । प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संविधानको गम्भी...
संसद् विघटनविरुद्ध नागरिक समूहकाे माइतीघरमा  डम्फूसहितको सांस्कृतिक बिराेध

संसद् विघटनविरुद्ध नागरिक समूहकाे माइतीघरमा डम्फूसहितको सांस्कृतिक बिराेध

ब्यानर समाचार 2, राजनिती, समाज
  काठमाण्डौँ, पुष १३ संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ सोमबार माइतीघरमा सोमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरेको छ। समूहको साताव्यापी विरोध कार्यक्रम स्वरुप सोमबार विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकले डम्फूसहित प्रदर्शन गरेको हो। यसअघि बृहत् नागरिक आन्दोलनले समूहले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको थियो।...
प्रधानमन्त्री केपी शर्मा ओलीकाे  पराजय  यात्रा सुरु भयाे: प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओलीकाे  पराजय  यात्रा सुरु भयाे: प्रचण्ड

ब्यानर समाचार 2, राजनिती
काठमाण्डौँ, पुष १३। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे  पराजय  यात्रा सुरु भएकाे बताएका छन। जनसंस्कृतिक महासंघले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली पक्षले पराजय र अाफ्नाे पक्षकाे विजय यात्रा सुरू गरेकाे दावी गरेका हुन। प्रधानमन्त्रीले कलंकको टीका लगाएको भन्दै ओलीकाे मपाइत्व धेरै नटिक्ने दाहालले बताए। सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँडेको समेत बताएका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीकाे पछाडि लागेर अाफु कमजाेर भएकाे बताए।...
पछिल्लो २४ घण्टामा ६५९ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६५९ संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, पुष १३ पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ। सोमबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६९ जना क्वारेन्टाइनमा छन्। शनिबार मात्र ७ सय १८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५० हजार ५ सय ८१ पुगेको मन्त्रालयले जनाएको छ।...