Wednesday, April 24
Shadow

राष्ट्रिय सभा अधिवेशन तयारी पूरा, उठ्ला त प्रतिनिधि सभा विघटनको विषय ?


  • -इ
  • इ+

काठमाडौं, पुस १३ । राष्ट्रिय सभाको बैठक आगामी पुस १७ गते बोलाइएको छ। यसका लागि आवश्यक व्यवस्थापकीय काम पूरा भएको स‌ंघीय संसद सचिवालयले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि राष्ट्रिय सभाको बैठक भने पुस १७ गते बोलाइएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सातौँ अधिवेशन पुस १७ गते दिउँसो ४ बजे आह्वान गरेसँगै संघीय संसद सचिवालयले अधिवेशनको तयारी पुरा गरेको बताएको छ।

यस्तै राजनीतिक दलहरु पनि आ–आफ्नो तयारीमा जुटेका छन्।यता प्रतिनिधि सभा विघटनको विषयलाई राष्ट्रिय सभाको बैठकमा उठाउन नपाइने भएको छ। प्रतिनिधि सभा विघटनपछि राष्ट्रिय सभाको अधिवेशन शुरु हुने भएपछि प्रतिनिधि सभा विघटनको विषयमा के कसरी कुरा उठ्छ भन्ने आम चासोको विषय बनेको छ।

पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै सबै राजनीतिक दलहरु यसको विरोधमा सडक संघर्षमा उत्रिएका छन्। राष्ट्रिय सभाको यस अधिवेशनतर्फ सबै राजनीतिक दल, नेता, कार्यकर्ता तथा आम जनताको ध्यान तानिएको छ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares