Wednesday, April 24
Shadow

चीनले भन्यो -नेपाल भ्रमण आन्तरिक मामलामा हस्तक्षेप नभइ मित्रता गहन पार्न हो


  • -इ
  • इ+

काठमाडौं , पुस १३ । उत्तरी छिमेकी चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ ।

नेपालमा सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न संघर्षका कारण संसद विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चीनले आफ्ना पार्टी नेताहरूको काठमाडौं अवतरण मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि भएको दाबी गरेको हो ।

सोमबार बेइजिङमा आयोजना गरिएको परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता चाओ ली च्येनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’

बेइजिङमा रहेका भारतीय पत्रकारले सीपीसी केन्द्रिय समिति अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सहितको नेपाल भ्रमणको उद्देश्य के हो भनेर जिज्ञासा राख्दा परराष्ट्र प्रवक्ता चाओले राजनीतिक विश्वास तथा व्यवहारिक सहयोग प्रवर्द्धन गर्नु र दुई देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउनु नै भ्रमणको लक्ष्य रहेको बताए ।

उनले भने, ‘आपसी साझा चासोका सवालहरू महामारी रोकथाम तथा नियन्त्रणका, सुशासन र सहकार्य तथा विकास जस्ता विषयमा विचार आदानप्रदान गर्नका लागि चिनियाँ टोलीले नेपालको भ्रमण गरेको हो ।’ यसैबीच नेपालमा सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टीमा उत्पन्न विवादका बेला चीनयाँ टोली नेपाल आउँदा सबैको चासोको विषय बनेको थियो । नेकपा यति बेला विभाजित भएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares