Friday, April 26
Shadow

नेता खाँण भन्छन् – राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रजातन्त्रको रक्षा हुन सक्दैन


  • -इ
  • इ+

काठमाडौं, पुस १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले यस्तो बताएका हुन् ।

संविधानको मर्मविपरीत प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमप्रति राष्ट्रपति साक्षी बसेको आरोप उनले लगाए । नेता खाँणले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनताको अधिकार सिध्याउन लागेको आरोप लगाए।

साथै उनले प्रधानमन्त्रीको कदमले हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धी नै संकटमा परेको बताए।

पूर्वमन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनअधिकार सिध्याउन खोजेमा नेपालबाट कम्युनिष्ट नै सिद्धिने उनको तर्क थियो ।

पार्टीभित्रको आन्तरिक किचलोका कारण मुलुकलाई अस्थिरतातर्फ धकेल्न नै प्रधानमन्त्रीले संसद विघटन गरेको उल्लेख गर्दै कम्युनिष्ट सरकार बनेयता मुलुकमा भ्रष्टाचार, बलात्कार, हत्याहिंसाका घटना बढेको बताए।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares