Thursday, April 25
Shadow

रुकुममा चक्कु प्रहार गरी श्रीमानको हत्या


  • -इ
  • इ+

काठमाडौं, पुस १३ । रुकुम ९पश्चिम०मा मुसिकोट नगरपालिका–८ घोरखानी, किटेनीका चित्रबहादुर थापाको हत्या भएको छ ।

३९ वर्षीय श्रीमानको हत्या गरेर एक महिलाले आफैँ प्रहरीको सम्पर्कमा आएको बताएकी छन् ।

किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएकी हुन् ।

घरायसी विवादमा धारिलो चक्कु हानेर पति थापाको हत्या गरेको प्रारम्भिक वयान दिएको प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

आइतबार बिहान ४ बजे हत्या गरी बेलुकी ५।१५ बजेतिर आफूले श्रीमान्को हत्या गरेँ भन्दै आफैँ कार्यालयमा आएको प्रनाउ केसीले बताए ।

त्यसपछि प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएकामा थापाको शव आफ्नै घरभित्रै भेटिएको प्रनाउ केसीले जानकारी दिए ।

श्रीमती डल्लीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया थालिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा लगिएको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares