Monday, May 25
Shadow

Month: December 2020

नेकपा विभाजनः आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने

नेकपा विभाजनः आधिकारिकता विवाद निरुपण हुुन अझै दुुई महिना लाग्न सक्ने

ब्यानर समाचार, राजनिती
काठमाडौ , पुस १४ । नेपाल कम्युुनिष्ट पार्टी नेकपाको आधिकारिकता र चुुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुुन अझै कम्तीमा दुुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने अनुुमान गरिएको हो । केन्द्रीय समितिको निर्णयको आधिकारिता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाण पेश गर्नुुपर्ने ऐनमा व्यवस्था छ । नेकपा दाहाल–नेपाल समूूहले उक्त ऐनमा व्यवस्था भएअनुुरुप केन्द्रीय सदस्य बहुुमत रहेको भनी आयोगसमक्ष आधिकारिता र चुुनाव चिह्नको माग दाबी गरिसकेको छ । एउटै दलका दुुई वा सोभन्दा बढी पक्षबीच दलको नाम, छाप, विधान, झण्डा वा चिह्न, पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयका विषयमा ...
काम चलाउ सरकारले के–के गर्न पाउँदैन ? कानुनविद्हरुको तर्क यस्तो छ

काम चलाउ सरकारले के–के गर्न पाउँदैन ? कानुनविद्हरुको तर्क यस्तो छ

पत्रपत्रिका, ब्यानर समाचार, राजनिती
‘काठमाडौं, पुस १४ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउन हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएको कुरा लागू गर्न सक्दै,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रममा भनेका थिए, ‘संविधानविपरीत निर्णय गरेर यो सरकारले बर्बाद पार्यो ।’ अहिले यो सरकार पनि काम चलाउ नै भएको निष्कर्ष निस्किएपछि अब प्रश्न उठ्छ, काम चलाउन सरकारले गर्न पाउने र नपाउने काम के–के हुन् ? काम चलाउन भइसकेपछि नै मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेर संविधानको मर्म मिचिसकेपछि यो प्रश्न थप वाञ्छनीय भएको कानुनविद्हरुको तर्क छ । कानुनविद्हरु संविधानअनुसार नै कार्यकारिणी अधिकार नभएको प्रधानमन्त्री स्वतः काम चलाउ हुने र त्यस्तो सरकारले दैनिक प्रशासनिक कामबाहेक अरु काम गर्न नपाउने बताउँछन् । ‘य...
कुन ठाउँको मौसम कस्तो ?  यस्तो छ तीन दिनको पूर्वानुमान

कुन ठाउँको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

ब्यानर समाचार, मुख्य समाचार, मौसम
काठमाडौं , पुस १४ । अहिले देशको पहाडी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भू‍-भागमा हुसु्कु हिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १४ गते (मंगलबार) दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १५ गते (बुधबार) दिउँसो : सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती : गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पौष १६ गते (बिहीबार) दिउँसो : सुदुरपश्चिम, कर्...
जाडोमा सुन्तला खानुका फाइदा यस्ता छन्

जाडोमा सुन्तला खानुका फाइदा यस्ता छन्

जिवनसैली, टिप्स
काठमाडौँ, पुस १३ । चिसो मौसम र चिसो ठाउँमै फल्ने सुन्तलाको महत्व धेरै छ । सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायक छ । सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ । सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ । -सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलासयमा क्यान्सर लाग्ने जोखिम घटाउँछ । -सुन्तला खाइरहनुले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्यामा न्यूनता आउँछ ।सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ । -सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसको नियमित प्रयोग गर्दा शरीरमा क...
कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

कार र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

मुख्य समाचार
काठमाडौं, पुस १३ । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा आज सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार मोरङ मिक्लाजुङ गाउँपालिका–४ बस्ने ३५ वर्षीय सन्तोष लिम्बु र सोही स्थानका २६ वर्षीय सुनिल धमलाको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा घाइते भएका दुईमध्ये लिम्बुको उपचारको लागि मङ्गलबारे अस्पताल र धमलाको विराटनगरस्थित न्यूरो अस्पताल पठाउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपियो तथा त्यसका चालक झापाको दमक नगरपालिका–२ बस्ने वर्ष ३७ को लक्ष्मीकुमार धिमाललाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिए...
आफन्त नहुदा दलित युवकको तिन दिन पछि उठ्यो सब

आफन्त नहुदा दलित युवकको तिन दिन पछि उठ्यो सब

समाचार, समाज, स्थानिय तह
खगेन्द्र अबस्थि , कैलाली , पुस १३ । कैलालीमा आफन्त नहुदा एक दलित युवकको तिन दिन  पछि सब उठेको छ । जिल्लाको घोडाघोडि नगरपालिका ४ माघिमा रहेको एक दलित परिवारको युवाको सब तिन दिन पछि आज उठेको हो ।आफन्त नहुदा सब उठन् सकेको थिएन । मृतककि श्रीमति भने अपाङ्ग हुनुहुन्छ घरको अबस्था समेत एक दम नाजुक रहेको स्थानीयको भनाई रहेको छ । लगाउनलाई एक जोड कपडा नभयको हामिले देखेका नै छौ पुस महिनाको जाडोमा घरमा ओढ्ने ओछ्याउने नभयको र जाडोले कठङ्ग्रियर उहाको मृत्यु भएको मृतककि श्रीमतिले बताउनु भयो । साथै उहाँहरूको दनिय अबस्था देखेर दलित जनजागरण मञ्च र घोडाघोडि उधोग बाणिज्य संघ तथा बिभिन्न ब्यक्ति मिलेर न्यानो कपडा र आर्थिक सहयोग समेत गरेको छन । दलित जनजागरण मञ्च घोडाघोडिका अध्यक्षले गरिब विपन्न परिवार भएकाले केहि स्वार्थ नबोकि स्थलगत बुझ्दा मन रोएपछि आफुबाट र बिभिन्न संघसंस्थाको प्रतिनिधिद्वारा सहय...
कञ्चटमा पेस्तोल र खुकुरी देखाएर लुटपाट

कञ्चटमा पेस्तोल र खुकुरी देखाएर लुटपाट

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । धनगढीमा एक व्यापारीलाई पेस्तोल र खुकुरी देखाएर लुटपाट गरिएको छ । धनगढी–अत्तरिया ६ लेन सडकको बोराडाँडीमा रहेको न्यू विशाल भण्डार किराना पसलमा प्रहरीको ज्याकेट जस्तो देखिने कपडा लगाएर मोटरसाइकलमा आएका युवकहरुले सोमबार लुटपाट गरेका हुन् । यादव प्रसाद भट्टले आफ्नै घरमा सञ्चालन गरेको किराना पसलको गल्लामा भएको ५२ हजार नगदसहित रिचार्ज कार्डहरु पेस्तोल र खुकुरी देखाएर लुटिएको बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
तपाईंलाई पत्यार नलाग्न सक्छ , यी ब्यक्ति जस्ले ६० बर्ष देखि नुहाएका छैनन्

तपाईंलाई पत्यार नलाग्न सक्छ , यी ब्यक्ति जस्ले ६० बर्ष देखि नुहाएका छैनन्

अचम्मका कुरा, समाज
काठमाडौं, पुस १३ । यी व्यक्ति जसले ६० बर्ष देखि ननुहाई बसेका छन् । यस्तो सुन्दा र पढ्दा भन्ने तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, विश्वमा यस्ता व्यक्ति भेटिएका छन् जो ६० बर्ष देखि ननुहाई बसेका छन् । यो प्रसङ्ग इरानको हो । सामाचार माध्यमहरुमा जनाईएअनुसार, इरानका ८० वर्षीय अमो हाजीले ६० वर्षयता नुहाएका छैनन् । त्यही ६० वर्षदेखि ननुहाएर उनि विश्वकै सवैभन्दा फोहरी व्यक्ति बनेका छन् । अमो हाजी अजिव तरिकाले जीवन व्यतीत गरिरहेका छन् । २० वर्षको हुँदा नुहाउन छाडेका उनले ६० वर्षदेखि शरीरमा एक थोपा पनि पानी पर्न दिएका छैनन् । नुहाएमा आफू विरामी पर्ने उनको दावी छ । उनी आफ्नो खाना र पिउने पानी पनि कहिल्यै सफा राख्दैनन् । उनी जनावरका सडेगलेका मासु खाने गर्छन् भने पानी पनि फोहर नै पिउँछन् । जब उनको कपाल लामो हुन्छ उनी काट्नुको साटो जलाउँछन् । उनको शरीरमा बश्त्र पनि कहिल्यै सफा हुँदैन । चिसोबा...
बेलायतबाट आएका पाँच जनामा नयाँ खालको कोरोना संक्रमण पुष्टि

बेलायतबाट आएका पाँच जनामा नयाँ खालको कोरोना संक्रमण पुष्टि

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ। ती मध्ये पाँचजनामा संक्रमण पुष्टि भएको जनाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए। महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ। मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए। ‘भाइरस परिवर्तन हुन्छन्। त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भा...
९ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

९ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १३ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको हो । कात्तिक अन्तिम साताको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थप गरेको थियो । त्यसबाहेक ४ जना डीआईजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् । बढुवा सिफारिस गरिएकोमध्ये दिवेश लोहनी र मुकुन्द आचार्य २०४९ साल चैत ११ गते र बाँकी ७ जना २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । सिफारिस गरिएका सबै अधिकृतहरु एउटै विज्ञापनबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।...