काठमाण्डौँ, पुष १३
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिले विवेक प्रयोग नगर्दा संघीय लोकतान्त्रिक गणतन्त्रसँगै देश दुर्घटनामा जान लागेको बताएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध देशभर विरोधमा उत्रिएको कांग्रेसको तनहुँको सभालाई सोमबार सम्बोधन गर्दै नेता पौडेलले संविधानको अक्षर र भावनामाथि राष्ट्रपति र प्रधानमन्त्रीले मिलिभगतमा प्रहार गरेको बताए ।
उनले नेपालको स्वाधीनता र अस्मिता बचाउने, लोकतन्त्रलाई समृद्ध बनाउने जिम्मेवारी आमकांग्रेसीमा आएको बताए ।