Friday, October 23
Shadow

समाचार

नयाँ भाइरस :  प्रतिबन्धले बेलायतमै अड्किए नेपाली

नयाँ भाइरस : प्रतिबन्धले बेलायतमै अड्किए नेपाली

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १५ । भरतपुरका डा। सुभाष रेग्मी बेलायतमा एकवर्षे अध्ययन सकेर क्रिसमसकै दिन डिसेम्बर २५ मा नेपाल फर्किने तयारीमा थिए। हवाई टिकट लिइसकेका डा। रेग्मीले सय पाउन्ड तिरेर पीसीआर परीक्षण पनि गराइसकेका थिए। तर, बेलायतबाट जानेलाई नेपालमा अचानक प्रतिबन्ध लगाइएपछि उनी बेलायतमै अलपत्र बनेका छन्। यहाँको चेस्टर विश्वविद्यालयबाट मास्टर्स इन अर्थोपेडिक्सको कोर्स पूरा गरेका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ रेग्मीले अन्नपूर्णसँग भने, ‘नेपाल जान त पाइनँ नै, पीसीआर परीक्षणमा बुझाएको सय पाउन्डसमेत व्यर्थ भयो। टिकट पनि स्थगन भएपछि अहिले ओपनमा राखेको छु।’ बेलायतमा आफू बस्दै आएको घरको सम्झौता पनि यही डिसेम्बर अन्त्यमा सकिने उनले बताए। त्यसपछि कहाँ बस्ने भन्ने चिन्ताले उनलाई सताएको छ। ‘जनवरी १ पछि के गर्ने ?  अझै अन्योलमा छु’, उनले भने। आफूजस्तै अलपत्र परेका नेपालीका लागि नेपाल सरकारले विशे...
आज उधौली र तमु ल्होसार पर्व मनाइँदै

आज उधौली र तमु ल्होसार पर्व मनाइँदै

मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १५ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउँछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ । भूमि पूजाका लागि बिहानैदेखि कि...
आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै ४२ लाख ठगी :  १९ वर्षीया युवतीसहित दुई पक्राउ

आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै ४२ लाख ठगी : १९ वर्षीया युवतीसहित दुई पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ ।  गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् । उनीहरुलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उनीहरुले नक्कली आइडी खोली आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै पीडितलाई साथी बनाएर झण्डै रु ४२ लाख ठगी गरेको भनी उजुरी परेको महाशाखाले जनाएको छ । थापाका अनुसार आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामान, आइफोन सुनका गरगहना तथा डलरसमेत पठाइ दिने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । उनीहरुले दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको बैंक खातामा तथा आइएमइमार्फत रु ४२ लाख ठगी गरेको प्रहरीले जनाएको ...
आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला

आमालाई बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ । आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो । ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै आएका थिए । मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।...
सडकमा चर्किदै आन्दोलन , कोरोनाको संक्रमण झन् फैलिने खतरा

सडकमा चर्किदै आन्दोलन , कोरोनाको संक्रमण झन् फैलिने खतरा

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, पुस १४ । प्रतिनिधिसभा विघटन भएसँगै मुलुकको राजनीति तरल बनेको छ ।प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरुद्ध प्रतिपक्षी दलदेखि विभाजित सत्तारुढ नेकपाको एक समुह सडक आन्दोलनमा छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड–ओली समूहले मङ्गलबार काठमाण्डौ सहित देशका धेरै ठाउँमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरेसँगै अहिले राजधानी लगायत देशका विभिन्न ठाँउमा सरकार विरुद्ध प्रदर्शन भइरहेको छ। सरकार विरोधी यी प्रदर्शन अझै चर्कंदै जाने देखिन्छन। विभिन्न राजनीतिक दलहरूले आयोजना गर्ने यस्ता प्रदर्शनमा हजारौँको सहभागिता देख्न सकिन्छ।राजधानीका सडकदेखि गाउँपालिकासम्म दैनिकजसो प्रदर्शन भईरहेका छन् ।यी प्रदर्शनमा न त कुनै सावधानी छ, न मास्कको प्रयोग, न त सामाजिक दुरी र जनस्वास्थ्यको मापदण्ड नै। यसले कोरोना भाइरसको संक्रमण झन् फैलिने खतरा बढेको छ। वेलायत, अमेरिका लगाए...
सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १४ । सशस्त्र प्रहरी टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका–२ जटही स्थित सीमा ईलाकाबाट सात लाख ३३ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ५८ वर्षीया पुष्पदेवी ठाकुर र २९ वर्षीय अजितकुमार ठाकुर छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ।  ...
वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतक पदमुक्त

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतक पदमुक्त

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडौं, पुस १४ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा दाहाल–नेपाल समूहका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई संसदीय दलका नेतासमेत रहेको पौडेलले मंगलबार पदमुक्त गर्दै स्पष्टिकरण सोधेका छन् ।उनीहरुसहित ३० जना सांसदलाई स्पष्टिकरण सोधिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । ‘संसदीय दलको विधानअनुसार कारबाही गरिएको हो ।’, मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले आवश्यकताका आधारमा पहिलो चरणमा ३० जना सांसदहरुसँग स्पष्टिकरण सोधिएको बताए । पदमुक्त गरिएका दुवैजना तत्कालीन माओवादीको तर्फबाट प्रदेशसभा निर्वाचित भएका थिए । नेकपाको दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रबार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्त...
नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्ने छु:  राजदूत खतिवडा

नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्न काम गर्ने छु: राजदूत खतिवडा

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १४ । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले लगानी, सहयोग र प्रविधि हस्तान्तरणलाई केन्द्रमा राखेर नेपाल र अमेरिकाबीच सम्बन्ध विकास गर्ने बताएका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको भेटमा पूर्वअर्थमन्त्री समेत रहनुभएका राजदूत खतिवडाले द्विपक्षीय लगानी, सरकारी सहयोग र प्रविधि हस्तान्तरणको विषयलाई केन्द्रमा राखेर नेपाल–अमेरिकाबीचको सम्बन्ध विकास गर्न काम गर्ने बताएका हुन् । नेपालको कुनैपनि उत्पादनलाई अमेरिका निर्यात गर्ने सम्बन्धमा हाल कायम रहेका केही प्रावधानहरुलाई परिवर्तन गर्नुपर्ने भएकाले त्यसको लागि पहल गर्न समेत व्यवसायीहरुलाई आग्रह गरे । आफू नेपाल र अमेरिकाबीच राजनीतिक रुपमा सद्भाव बढाउन प्रतिबद्ध रहेको पनि बताए । तर कुनैपनि देशको बौद्धिक सम्पत्तिको सुरक्षा गर्ने विषयमा नेपाल प्रतिवद्ध भए लगानी भित्र्याउन कुनै कठिनाई नहुने पनि प्रष्ट...
संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्नकाे लागी  जनता संघर्ष गर्न तयार छन: नेता श्रेष्ठ

संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्नकाे लागी जनता संघर्ष गर्न तयार छन: नेता श्रेष्ठ

Uncategorized, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, पुस १४ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठले ओलीको असंवैधानिक र प्रतिगामी कदम विरुद्ध जनता सडकमा ओर्लिएको बताएका छन। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड नेपाल समूहले राजधानीमा विरोध सभा सभामा सम्बोधन गर्दै नेता श्रेष्ठले सोहि बताएका हुन। साभामा बोल्दै उनले संविधान र लोकतन्त्र विरोधीलाई असफल गर्न जनता संघर्ष गर्न तयार रहेको समेत बताए। श्रेष्ठले आफूहरुको विरोध सभा शान्तिपूर्ण र मर्यादित हुने भन्दै आफूहरुको संघर्षमा घुसपैठ हुन सक्ने उनले बताए। त्यसैले सभा र प्रदर्शन विरुद्ध हुने षड्यन्त्र विरुद्ध सचेत हुनुपर्ने उनले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि व्यवहारिक रुपमा विभाजित भइसकेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले विरोध सभा गरेको हो। अन्य प्रमुख दलले समेत मुलुकभर प्रदर्शन गरिरहेका छन।...
नेपालमा नयाँ व्यवस्था आउन सक्ने स्टेपहरु यस्तो देखिन्छ : ए.पी शर्मा

नेपालमा नयाँ व्यवस्था आउन सक्ने स्टेपहरु यस्तो देखिन्छ : ए.पी शर्मा

राजनिती, विचार, समाचार
काठमाण्डौँ, पुष १४ काठमाण्डौँ, पुष १४ असंवैधानिक रुपमा प्रतिनिधि सभा भंग गर्ने मन्त्रिपरिषद्को सिफारिसलाई राष्ट्रपतिले समेत लालमोहर लगाएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदहरू सरकारको यो कदमको बिरोधमा छन् भने सोमबार यस विषयमा नेकपाको छुट्टाछुट्टै गुट भेला सम्पन्न भयो । सोमबार नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वदलीय बैठकको आह्वान समेत गर्यो । असंवैधानिक रुपमा प्रतिनिधि सभा भंग गरे संगै प्रधानमन्त्रि के.पि. शर्माको विभिन्न पुत्ला दहन समेत गरिएको छ । यसै विषयलाई विरोध गर्दै आइतबार संसद विघटनको निर्णय विरूद्धमा सर्वोच्च अदालतमा १३ वटा रिट समेत दर्ता भएको छ । संसद विघटन गर्ने सरकारको कदमविरुद्ध बिज्ञहरुले आ आफनै किसिमले विश्लेषण समेत गर्दै आएका छन , यसै विचमा प्रधानमन्त्रिको कदम आफ्नै निमिक्त घातक भएको भन्दै राजनितिक विश्लेषक एपी श...