Friday, April 19
Shadow

सडकमा चर्किदै आन्दोलन , कोरोनाको संक्रमण झन् फैलिने खतरा


  • -इ
  • इ+

काठमाडौं, पुस १४ । प्रतिनिधिसभा विघटन भएसँगै मुलुकको राजनीति तरल बनेको छ ।प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमविरुद्ध प्रतिपक्षी दलदेखि विभाजित सत्तारुढ नेकपाको एक समुह सडक आन्दोलनमा छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड–ओली समूहले मङ्गलबार काठमाण्डौ सहित देशका धेरै ठाउँमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरेसँगै अहिले राजधानी लगायत देशका विभिन्न ठाँउमा सरकार विरुद्ध प्रदर्शन भइरहेको छ।

सरकार विरोधी यी प्रदर्शन अझै चर्कंदै जाने देखिन्छन। विभिन्न राजनीतिक दलहरूले आयोजना गर्ने यस्ता प्रदर्शनमा हजारौँको सहभागिता देख्न सकिन्छ।राजधानीका सडकदेखि गाउँपालिकासम्म दैनिकजसो प्रदर्शन भईरहेका छन् ।यी प्रदर्शनमा न त कुनै सावधानी छ, न मास्कको प्रयोग, न त सामाजिक दुरी र जनस्वास्थ्यको मापदण्ड नै। यसले कोरोना भाइरसको संक्रमण झन् फैलिने खतरा बढेको छ। वेलायत, अमेरिका लगाएतका देशहरुमा कोरोना संक्रमण नँया स्वरुपमा फैलिरुहेको छ ।

जसको असर नेपालमा पनि पर्नेमा शंका छैन । हालै बेलायतबाट आएका पाँच जनामा नेपालीमा कोरोना पुष्टि भएको छ।संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रति असन्तुष्टि जनाउदै सुरु भएको विरोध प्रदर्शनका कारण संक्रमणको जोखिम उच्च रुपमा बढ्ने देखिएको हो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares