Wednesday, May 8
Shadow

समाचार

नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण, ६ हजार २२० जनाको पिसिआर परीक्षण

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २२ पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ९४८ जना सक्रिय संक्रमित छन्। आज १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ।...
बुधसिंघाट कृषि  सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

बुधसिंघाट कृषि सहकारी संस्थाको ९औं बार्षिक साधारण सभा सम्पन्न

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौँ, मंसिर २२ नुवाकोटको विदुर नगरपालिका वडा नं ३ मैरिटर स्थित बर्तमानमा बचत भबिस्यमा सुरक्षा उद्देश्यको साथ शनिवार श्री बुधसिंघाट कृषि सहकारी सं लि को ९ औं बार्षिक साधारणसभामा वडा अध्यक्ष बद्री प्र रिमालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा सहकारीका कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले आ.ब २०७७र७८ को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । गत बर्ष रु १२,६९,०६६.३३ बर्तमान पुजीं रु १७,५९,४२७.६८ रहेको यो बर्ष रु ४,९०,३६१.३३ मुनाफा गर्न सफल रहेको छ । जुन मासिक रु ५०० बचत रकमलाई आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दै व्याज र यन्त्र उपकरण ,मल को सानो सानो रकमलाई संकलन गर्दै आएको अध्यक्ष हरि प्रसाद वस्तीले बताउनु भएको छ । कार्यक्रममा वडा नं ३ सदस्य प्रदिप घिमिरे,कृस्न प्रसाद धिताल, शुसिला वस्ती नारायण प्र वस्ती,दीपक ठकुरी ,ज्ञान ब. राई तारेकेश्वर भेटफर्माका दीपक अधिकारीले स...
रहेनन् अब गायक जगतमर्दन थापा

रहेनन् अब गायक जगतमर्दन थापा

समाचार, स्वास्थ्य
काठमाडौं, मंसिर २२ गायक जगतमर्दन थापाको निधन भएको छ । उपचारको क्रममा रहेका ८२ वर्षीय गायक थापाको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वास सम्बन्धी समस्याका कारण उनलाई केही दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसअघि गायक थापा कोरोना भाइरसको संक्रमण जित्न सफल भएका थिए । १९९५ असार १७ मा जन्मिएका थापा २०२० देखि गायनमा सक्रिय रहँदै आएका थिए । उनको नयाँ एल्बमको तयारी भइरहेको थियो । उनका ‘भन लौ तिमी नढाँटी’, ‘आशाको दियो बालेर’, ‘माया लुकाइ लुक्दैन’ सहितका दर्जनौं गीत चर्चित छन् । उनको सोमबार नै अन्त्येष्टि गरिने परिवारले जनाएको छ...
नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने

ब्यानर समाचार, समाचार, समाज
काठमाण्डौँ, मंसिर २२ नेपाल र चीनले भोलि संयुक्तरुपमा भोलि सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् । नापी विभागले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । नेपालका तर्फबाट पनि यसअघि सगरमाथाको उचाइ मापन गरिएको थियो । दुवै तर्फका अधिकारीहरुले भोलि संयुक्तरुपमा उचाइ सार्वजनिक गर्ने भएका हुन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीले फिल्ड सर्वेबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरेको तथ्यांक र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरिन लागेको जानकारी गराए । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्तरुपमा उचाइ घोषणा गर्ने सहमति भएको थियो ।...
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

आर्थिक, समाचार
  काठमाडौ,मंसिर २२ सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ ।त्यसैगरी सोमबार चाँदीको मुल्य तोलामा ५ रुपैयाले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे

सह गोत्रीसँग किन गर्नु हुँदैन बिहे

अचम्मका कुरा, जिवनसैली, समाचार, समाज
काठमाण्डौँ, मंसिर २१ हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो । विवाहमा गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो । वेदपुराणहरूमा उल्लेख हुने सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन् । विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन् । यसमा अगस्त्य ऋषिको नाम पछि जोडिन आउँछ । यिनै ऋषिका सन्तान दरसन्तान हामी हौं । दुई व्यक्तिको गोत्र एकै छ भने त्यसको अर्थ उनीहरू एउटै कुलमा जन्मेका हुन् । यसरी उनीहको पारिवारिक सम्बन्ध हुन्छ । हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन । एकै कुल र गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ । मनुस्मृतिमा ...
सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत बोनस पारित

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत बोनस पारित

आर्थिक, समाचार
काठमाण्डौँ, मंसिर २१ सिटिजन्स बैंक इन्टरनेसनलको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । वार्षिक साधारणसभाले आव २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७६÷७७ को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरण पनि छलफल गरी स्वीकृत भएको छ । साधारण सभाले गत आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले ७२ करोड ७१ लाद ८५ हजार ३ सय ८३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५ सय १८ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।...
थप १०९६ जनामा कोरोना संक्रमण, १३ हजार ५८२ जना सक्रिय संक्रमित

थप १०९६ जनामा कोरोना संक्रमण, १३ हजार ५८२ जना सक्रिय संक्रमित

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, मंसिर २१ पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १७ लाख ८४ हजार ५१९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय संक्रमित छन्। आज १७५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।...
काेराेनाका कारण मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिए

काेराेनाका कारण मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिए

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, जिवनसैली, समाचार, स्वास्थ्य
काठमाडौ,मंसिर २१ कोरोना पोजेटिभ देखिएको र आफू मर्न लागेको भन्दै हराएका पुरुष प्रेमिकासँग भेटिएका छन् । कोरोना पोजेटिभ देखिएको र मर्न लागेको भन्दै २४ जुलाईमा आफ्नी श्रीमतीलाई ढाँटेर घरबाट निस्किएका पुरुष प्रेमिकासँग भेटिएका हुन् । नाभी मुम्बईमा बस्ने २८ वर्षीय ती पुरुषले फोन गरेर आफूलाई कोरोना भएको बताएका थिए ।श्रीमती केही प्रश्नहरू सोध्नुअघिनै फोन काटिएको थियो । लामो समयसम्म श्रीमान् सम्पर्कविहीन भएपछि श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । उनको पत्ता लगाउन प्रहरीले जिल्लाका सबै कोभिड आइसोलेशन सेन्टरमा खोजी सुरु गरेको थियो ।पुलिसले यस विषयमा अनुसन्धान गर्न सुरु गर्दा उनको हत्या भएको हो भनेरसमेत अनुमान गरिएको थियो ।तर, लामो समय खोजेपछि उनी इन्दोरमा प्रेमिकाका साथ भेटिए । उनी नाम बदलेर प्रेमिकासँग एउटा भाडाको घरमा बस्दै आएको पत्ता लागेको थियो ।१५ सेप्टेम्बरमा उनलाई त्यहाँबाट पक्रा...
शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ निःशुल्क वितरण गर्दै टेलिकम

शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ निःशुल्क वितरण गर्दै टेलिकम

टिप्स, ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाण्डौँ, मंसिर २१ नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ। कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो। सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति पनि (असीमित) कुराकानी गर्न शिक्षा मन्त्रालयको कक्षा १ देखि १० सम्मको पाठ्यसामग्री रहेको वेबसाइट चलाउन ५ जिबी डाटा र एकैपटक धेरै सन्देश अर्थात् बल्क एसएमएससमेत पठाउन सक्नेछन्। यी सुविधा प्रयोग गरेवापत मासिक रुपले लाग्ने जम्मा रु. ९९ ‘विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम स्थानीय निकायमार्फत सरकारले व्यहोर्ने छ। यस योजना बमोजिम कक्षा १ देखि १२ सम्मका सरकारी वा सामुदायिक विद्यालयका हरेक विद्यार्थी र शिक्षकले १ थान नि...