Friday, April 26
Shadow

आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै ४२ लाख ठगी : १९ वर्षीया युवतीसहित दुई पक्राउ


  • -इ
  • इ+

काठमाडौं, पुस १४ ।  गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वी रुकुम घर भई हाल काठमाडौँको कीर्तिपुर बस्ने २२ वर्षीय सन्तोष श्रेष्ठ र सोही ठाउँकी १९ वर्षीया आशा श्रेष्ठ रहेका छन् । उनीहरुलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

उनीहरुले नक्कली आइडी खोली आफूलाई नेदरल्याण्डको नागरिक बताउँदै पीडितलाई साथी बनाएर झण्डै रु ४२ लाख ठगी गरेको भनी उजुरी परेको महाशाखाले जनाएको छ । थापाका अनुसार आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामान, आइफोन सुनका गरगहना तथा डलरसमेत पठाइ दिने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ ।

उनीहरुले दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको बैंक खातामा तथा आइएमइमार्फत रु ४२ लाख ठगी गरेको प्रहरीले जनाएको छ । अन्य व्यक्तिसमेत घटनामा संलग्न रहेको देखिएकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares