Sunday, June 22
Shadow

समाचार

१ दिवशिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

१ दिवशिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
जेठ ०७ गते , कपिलवस्तु मुक्ति समाज कपिलवस्तुद्धारा १ दिवशिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदाय अधिकारका लागि संगठित हुनुपर्ने नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष बाबुराम खनालले बताउनु भयो । प्रशिक्षण कार्यक्रमलाई मुक्ति समाज लुम्बिनी प्रदेश कमिटि अध्यक्ष कृष्ण बिश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटि सचिव सिबि गहतराज, नेकपा एमाले जिल्ला कमिटि सल्लाकार समिति सदस्य तथा शिवराज वडा नं १ वडा अधयक्ष खिम बिक्रम के.सि लगाएतले शुभकामना मनतब्य तथा प्रिशक्षण दिनुभएको थियो । मुक्ति समाज कपिलवस्तु अध्यक्ष राम प्रघट कोरीको अध्यक्षता जिल्ला सचिव किरण नेपालिको संचालनमा सम्पन्न भएको थियो ।...
तारकेश्वर नगरपालिकामावार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

तारकेश्वर नगरपालिकामावार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

ब्यानर समाचार 2, समाचार
- किरण लामा काठमाडौं - तारकेश्वर नगरपालिका सभाहलमा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति निर्माण, योजना तथा बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरुसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता नगरप्रमुख श्री कृष्णहरि महर्जनले गरेका थिए । प्रमुख अतिथि पूर्वरक्षा मन्त्री श्री भीमसेनदास प्रधानको उपस्थिति थियो । कार्यक्रमका विशेष अतिथिका रूपमा सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको माननिय मन्त्री श्रीमती हरिप्रभा खड्गीको उपस्थिति रहेको थियो । साथै, उपप्रमुख श्रीमती श्रृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत श्री ईश्वर प्रसाद आचार्य, सम्पूर्ण वडाध्यक्षहरू, नेपाल प्रहरी, बालाजु वृत्तका नायव उपरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधिहरू तथा स्थानीय सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वडा नं. १ का वडाध्यक्ष श्री विदुर सा...
बाल विवाह रोक्न कृष्णनगरका धर्मगुरु हरूको साझा प्रतिबद्धता 

बाल विवाह रोक्न कृष्णनगरका धर्मगुरु हरूको साझा प्रतिबद्धता 

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु, अषाढ २ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजमा आज बाल विवाह अन्त्यका लागि बाल संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत एक दिने बाल विवाह अन्त्यका लागि धर्मगुरु हरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, यूनिसेफ को सहयोग तथा नेपाल सरकारको समान्वयमा बाल विवाह रोक्न धर्मगुरु हरू संग अन्तर क्रिया गरिएको छ। अन्तर्क्रिया कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका मनो सामाजिक कार्यकर्ता तापस कुमार मिश्रले बाल विवाह रोक्न धर्मगुरु हरूको भूमिका तथा बाल विवाह रोक्न कानुनी प्रक्रियाको बारेमा प्रष्ट पारेका थिए। कार्यक्रममा बोल्दै धर्मगुरु मौलाना मशहूद खां नेपालीले बाल विवाह गर्नु कसैका लागि हितकर नरहेको बताउदै धर्मगुरु हरू समेत यसकार्य लाई रोक्न हरेक सम्भव प्रयास गर्नुपर्ने बताए। कार्यक्रममा बोल्दै धर्मग...
नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको कृष्णनगरमा विधिवत उद्घाटन

समाचार
कपिलवस्तु, जेठ २७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ। आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा  नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए। कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपाल लाई व्यवसायीक सफलताको शुभकामना दिदैं सहज र सरल यात्राका लागि सधै अग्रसर रहनु पर्ने सुझाव दिएका थिए। कार्यक्रममा बोल्दै होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिव घिमिरे तथा प्रतिनिधि कमल जिसीले व्यवसायिक सफलताको शुभकामना द...
कृष्णनगरको बसपार्कमा यात्री हरूका लागि निशुल्क खानेपानी

कृष्णनगरको बसपार्कमा यात्री हरूका लागि निशुल्क खानेपानी

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर ,कपिलवस्तु जेठ १९ कपिलवस्तु जिल्लाको कृष्णनगरको बसपार्कमा वडा कार्यालयको सहयोगमा तथा इलाका प्रहरी कार्यालय कृष्णनगर, सशस्त्र प्रहरीको समान्वयमा यात्री हरूका लागि निशुल्क खानेपानीको व्यवस्था गरिएको छ। आज एक कार्यक्रमका बिच भारत बाट आउने श्रद्धालु तथा यात्री हरू लाई तराई मधेशमा चर्को गर्मी बढेकाले निशुल्क खानेपानीको व्यवस्थापन गरिएको जानकारी वडाध्यक्ष कृष्ण कुमार गुप्ताले दिए। कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक ईश्वर लौडारीले मानवता नै सबै भन्दा ठूलो सेवा रहेकाले यात्री हरुलाई सहजताका लागि वडाध्यक्ष संग पहल गरेको बताउदै नेपाल प्रहरीको नागरिक सहायता कक्ष समेत राखिएकाले यात्री हरूलाई सहज हुने बताए। कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक तुला बहादुर चौधरीले निशुल्क खानेपानी वितरण कार्य सराहनीय रहेको बताउदै आफूहरू बाट हुने सहयोग गर्ने बताए। निशुल्क खान...
प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ

प्रहरी कार्यालय कृष्णनगर द्वारा पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ

ब्यानर समाचार 2, समाचार
अजय मिश्र, कृष्णनगर, जेठ १०  इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेको समयमा जिल्ला  कपिलवस्तु कृष्णनगर नगरपालिका वडा न.०३ ट्रान्समिटर भन्ने स्थानबाट पक्राउ गरिएको छ। शंकास्पद रुपमा पैदल हिड्दै गरेका जिल्ला ओखलढुङ्गा साविक सानिवन  गा.वि.स. वडा नं. ९ हाल  चम्पादेवी गाँउपालिका वडा नं.१०  रानीवन बस्ने बर्ष ४३ को राम कुमार तोलाङ्गीलाई फेला पारी निजको शरीर खानतलासी गर्दा राम कुमार तोलाङ्गीले झोला भित्र  पलाष्टिकमा १० (दश) गड्डी भा रु ५०० (पाँच) सय दरका भारतीय नोट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले जानकारी दिएका छन्। पांच लाख भारतीय रकम सहित राम कुमार तेलाङ्गीलाइ नियन्त्रणमा  ...

मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार आगामी बजेट

ब्यानर समाचार 2, समाचार
काठमाडौँ, ८ जेठ आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको अन्तिम तयारी भइरहेको छ । यसमा विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेत समेट्ने काम भइरहेको छ । अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट लेखनको काम भइरहेको बताउनुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उहाँको टोली बजेट निर्माणमा केन्द्रित छ । अर्थ मन्त्रालयले आगामी आवको बजेटबारे सबै विषयगत मन्त्रालय, विभागहरु, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो । अर्थ मन्त्री पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग परामर्श गर्नुभएको थियो । यस्तै अर्थ मन्त्रालयले पूर्...
मोहम्मद बिन सलमानको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटाइयो: एक ऐतिहासिक मानवीय र कूटनीतिक सफलता

मोहम्मद बिन सलमानको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटाइयो: एक ऐतिहासिक मानवीय र कूटनीतिक सफलता

ब्यानर समाचार 2, समाचार
मोहम्मद बिन सलमानको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटाइयो: एक ऐतिहासिक मानवीय र कूटनीतिक सफलता  डा. अब्दुल गनी अल-कूफी   आजको दिन इस्लामी उम्मत र विशेष गरी सिरियाली जनताको लागि आशा, खुशी र नयाँ जीवनको प्रभात बनेको ऐतिहासिक दिन हो। वर्षौंसम्म युद्ध र संकटमा फँसेको सिरियाली जनता आज एउटा उज्यालो भविष्यको ढोका खोल्न पाएका छन्। ती कठोर प्रतिबन्धहरू, जसले सिरियाको अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, ऊर्जा र सामाजिक जीवनलाई अपांग बनाएको थियो, आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को एउटा ऐतिहासिक निर्णयद्वारा हटाइएको छ। र यो महान् निर्णयको पछाडि जो व्यक्तित्व उभिएको छ, ती हुन् साउदी युवराज मोहम्मद बिन सलमान, जसको निरन्तर प्रयास, बुद्धिमत्तापूर्ण कूटनीति र मानवीय संवेदना अन्ततः सफल भएको छ। सिरियामाथि लगाइएका प्रमुख प्रतिबन्धहरू (अब हटाइएका) 1. बैंकिङ हस्तान्तरणमाथि प्रतिबन्ध – व...
निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

समाचार
कपिलवस्तु, बैशाख ३० भारतको उत्तर प्रदेश राज्यको लखनऊ मा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा लन्च हुने भएको छ। भारत उत्तर प्रदेशको प्रमुख शहर लखनऊ, गोरखपुर, बनारस, आयोध्या, गोण्डा लगायत उत्तर प्रदेशको अन्य सहरमा सेवा दिइने संचालक प्रखर श्रीवास्तवले जानकारी दिएका छन्। हाल सहर हरूमा कारबाट सेवा दिइने तथा केही समयमा बाइकको समेत व्यवस्थापन गरिने छ। नेपाल लगायत अन्य देशबाट आउने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकका लागि छिटो छरितो रूपमा गन्तव्य स्थानमा पुर्याउन सजिलो हुने जानकारी गराइएको छ। भारत नेपाल सिमाको रुपिडिहा, सुनौली, बढ्नी लगायत ठांउबाट समेत सेवा दिइने आयोजकले जानकारी गराएका छन्।...
कृष्णनगरमा ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालन

कृष्णनगरमा ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालन

ब्यानर समाचार 2, समाचार
कपिलवस्तु , बैशाख २९  जिल्लाकाे प्रमुख बजार कृष्णनगरमा अहिले टुर  ट्राभल्स नयाँ व्यवसायी आकर्षित हुन लागेका छन । कृष्णनगरमा शान्ति सुरक्षा सुधार हुँदै गएकाले लगानीकाे वातावरण बन्दै गएकाे छ । अहिले नेपाल र भारत भ्रमण गर्न चाहने यात्रीहरुका लागि थुप्रै टुर एण्ड ट्रभल्स संचालनमा आएका छन । कृष्णनगर वडा २ काे मुख्य बजारमा सटही काउन्टर नजिकै नयाँ टुर एण्ड ट्रभल्स कम्पनी संचालनमा आएकाे छ। ड्रिम्स नेपाल हिमालया टुर एण्ड ट्राभल्स संचालनमा आएपछि अब नेपाल , भारत लगायत विश्वभरिका ट्रेन , हवाइजहाज , बस लगायतका सवारीसाधनकाे यात्रा टिकट पाइन्छ । कार्यालय समुुद्घाटन समाजसेवी सहिद खांले गर्नुभएकाे थियाे । विगत केही दिनदेखि कृष्णनगर बजारभित्र आधा दर्जनबढी टुर एण्ड ट्रभल्स कम्पनीहरु सेवा दिदै आएका छन ।...