Wednesday, August 19
Shadow

Author: Interview Nepal

तुलसीको पातका यी फाइदाहरू ! थाहा पाउँदा पर्नुहुनेछ छक्क

तुलसीको पातका यी फाइदाहरू ! थाहा पाउँदा पर्नुहुनेछ छक्क

Uncategorized
काठमाडौं, माघ १७ । तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । हुन त तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् । तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ । अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् । तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाट...
बलात्कारको आरोपमा २६ वर्षीय युवक पक्राउ

बलात्कारको आरोपमा २६ वर्षीय युवक पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
सप्तरी , माघ १७ । बलात्कार प्रयासका फरार एक आरोपी आज पक्राउ परेका छन् । सप्तरीको रूपनी गाउँपालिका–३ मलाहाटोलका २६ वर्षीय नरेश मुखिया मलाहालाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गत कात्तिक ६ गते राति शौचालय गएका बेला आरोपितले बलात्कार प्रयास गरेको भन्दै एक महिलाले उजुरी गरेका थिए । पीडितले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी कात्तिक २७ गते नै दर्ता भए पनि फरार रहेकाले खोजतलासका क्रममा आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।...
कोरोना विरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

कोरोना विरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

मुख्य समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाडौं, माघ १७ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप अभियान प्रभावकारी बनाउन निर्देशन दिएका छन् । उनले स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीलाई यस्तो निर्देशन दिएका हुन् । आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा उनले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे । उनले नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन अनुरोध गर्दै सरसफाइकर्मी सहज रूपमा खोप केन्द्रसम्म आउने वातावरण बनाउन निर्देशन दिए । खोप अभियानका लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पनि मन्त्री त्रिपाठीले सुझाव दिए । अस्पतालको खोप केन्द्रको निरीक्षणपछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीसँग छलफल गरेका थिए ।...
कोरोनाविरुद्ध खोप अभियान :  चार दिनमा ६४ हजारले लगाए खोप, कुन प्रदेशमा कति ?

कोरोनाविरुद्ध खोप अभियान : चार दिनमा ६४ हजारले लगाए खोप, कुन प्रदेशमा कति ?

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , माघ १७ । कोरोनाविरुद्धको खोप अभियानको चौथो दिनसम्म देशभर ६४ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल ६४ हजार ४२२ जनाले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार चौथो दिन १४ हजार ८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जस अनुसार प्रदेश १ मा १५४७, प्रदेश २ मा २११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकी प्रदेशमा १८८७, लुम्बिनी प्रदेशमा २०६३, कर्णाली प्रदेशमा ९५५ र सुदूरपश्चिम प्रदेशमा ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रलायले सञ्चार माध्यमलाई खोप...
‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई छैन, अब जनताले कारबाही गर्छन् :  डा केसी

‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई छैन, अब जनताले कारबाही गर्छन् : डा केसी

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १७ । चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले ‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई नभएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंमा आयोजित ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लाई सम्बोधन गर्दै डा। केसीले संविधानको हत्या गर्ने अधिकार कसैलाई नभएको बताएका हुन । उनले भने, ‘संविधानको हत्या गर्ने तानाशाहलाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ ।’ आफूहरु कुनै पनि पार्टीको समर्थन र विरोधमा नभएर संविधानको रक्षार्थ आन्दोलनमा होमिएको उनले बताए ।उनले प्रधानमन्त्री ओलीले नागरिकका हक अधिकार खोस्ने काम गरेको समेत आरोप लगाए । देश र जनता समृद्धिको बाटोतिर अगाडि बढ्लान् भनेर झन्डै दुई तिहाई दिए पनि नेकपा र उ नेतृत्वको सरकारले काम गर्न नसकेको पनि डा। केसीको भनाइ रहेको थियो ।...
सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

सोलुखुम्बुमा आगलागीमा परी २ बालबालिकाको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, माघ १७ । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरू एकैदाजुभाईका छोरा र छोरी हुन् । नेचासल्यान गाउँपालिका-२ सल्यानका टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेहरूमा सात वर्षका सुगम निरौला र पाँच वर्षकी गृष्मा निरौला रहेका छन् । प्रहरीका अनुसार मृतकमध्ये सुगम दाईको छोरा हुन् भने गृष्मा भाईको छोरी हुन् । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।...
नेपालमा पनि भित्रियो बर्ड फ्लू, २५ सय पंक्षी नष्ट

नेपालमा पनि भित्रियो बर्ड फ्लू, २५ सय पंक्षी नष्ट

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १७ । भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका( ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लू रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिएको छ । विभागले शनिबार विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ । रोग अन्यत्र फैलन नदिन...
एपिएफलाई हराउँदै आर्मीले उचाल्यो पिएम कपको उपाधि

एपिएफलाई हराउँदै आर्मीले उचाल्यो पिएम कपको उपाधि

खेलकुद, मुख्य समाचार
काठमाडौं, १७ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपल्ट त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आज भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि हात पारेको हो । पीएम कपका चारै संस्करणको फाइनलमा पुगे पनि आर्मीले उपाधि उचाल्न सकेको थिएन । पहिलो संस्करणमा वर्षा बाधक बनेपछि आर्मी र पुलिसले उपाधि बाँडेका थिए । अर्को विभागीय टोली त्रिभुवन आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।...
मन्त्री आले भन्छन् -नेता रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु

मन्त्री आले भन्छन् -नेता रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु

ब्यानर समाचार, राजनिती
काठमाडौँ, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली पक्षका नेता तथा वनमन्त्री प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव लडेर जिते आफूले राजनीतिबाटै सन्यास लिने बताएका छन । शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रावलसँग चूनाव लड्ने हिम्मत नभएको भन्दै प्रत्यक्ष चुनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका हुन । उनले रावलसँग चूनाव लड्ने कुनै एजेण्डा नै नभएको बताउँदै सुदुरपश्चिमबाट चूनाव लडे हार्ने भएकाले रावल समानुपातिकमा उठ्ने तर्क गरे ।उनले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंग हरहिसाब मागिने धारणा राखे । मन्त्री ओलेले तोकिएको समयमा नै निर्वाचन हुने र अव आफूहरुको प्रतिस्पर्धी कांग्रेस मात्र हुने तर्क गरे।मन्त्री आलले प्रधानमन्...
आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि

आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि

खेलकुद, समाचार
काठमाडौँ, माघ १७ सहारा क्लब पोखराले हरेक वर्ष सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि २८ सम्म पोखरा रंगशालामा हुने भएको छ । आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जनाकारी गराएको हो । प्रतियोगितामा विदेशी टिम, ‘ए’ डिभिजन क्लबहरु, मोफसलका क्लब र आयोजक सहारा क्लब गरी १२ टिमलाई सहभागी गराउने प्रयास गरेको तर अहिलेको अवस्थामा टिम संख्या र विदेशी खेलाडीको आगमनका बारेमा तत्काल भन्न सक्ने अवस्था नहरेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । प्रतियोगिताको टिकट शुल्क र पुरस्कार रकम पनि सार्वजनिक गरिएको छैन । ‘हामी अहिले असहज परिस्थितिमा छौँ, त्यसैले तत्कालै केही प्रतिवद्धता गर्न मिल्दैन । पछि अवस्था हेरेर टिकट शुल्क र पुरस्कार रकम सार्वजनिक गरिन्छ’, थापाले भने । गत वर्षको विजेता मनाङ मर्स्याङ्दी क्लबले १० लाख १ हजार र उपविजेता नेपाल पुलिस...