काठमाडौं, १७ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपल्ट त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।
आज भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि हात पारेको हो । पीएम कपका चारै संस्करणको फाइनलमा पुगे पनि आर्मीले उपाधि उचाल्न सकेको थिएन । पहिलो संस्करणमा वर्षा बाधक बनेपछि आर्मी र पुलिसले उपाधि बाँडेका थिए ।
अर्को विभागीय टोली त्रिभुवन आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।