Thursday, August 20
Shadow

Author: Interview Nepal

‘नेकपा दर्ता भएन भने के गर्ने, अहिले त्यसै भन्न सकिन्न’

‘नेकपा दर्ता भएन भने के गर्ने, अहिले त्यसै भन्न सकिन्न’

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं, माघ १९ । निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सञ्चालन गर्न नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको छ । राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षमध्ये एउटालाई आधिकारिकताको मान्यता नदिएपछि दल दर्ता कार्यक्रम सञ्चालनमा चुनौती थपिएको हो । निर्वाचनमा सहभागी हुन चाहने दलहरुले आयोगमा दर्ता गराउनु पर्ने प्रावधान रहेको छ । आउँदो वैशाख १७ र २७ गते तय गरिएको मध्यावधि निर्वाचनका लागि पनि दल दर्ता गराउनु पर्ने हुन्छ । तर विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपाको आधिकारिकताबारे टुंगो नलाग्नु दल दर्ता कार्यक्रमका लागि चुनौतीका रुपमा देखिएको आयुक्तहरु बताउँछन् । निर्वाचनको तयारीको पहिलो कार्यक्रमअन्तर्गत माघ १५ गते बिहीबारदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको छ । सो कार्यक्रम सम्पन्न भएलगतै दल दर्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने...
चीनले नेपाललाई ३ लाख डोज भ्याक्सिन दिने

चीनले नेपाललाई ३ लाख डोज भ्याक्सिन दिने

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौं , माघ १९। चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ । चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ । सो खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई सो भ्याक्सिन दिइसकिएको दूतावासले जनाएको छ । भ्याक्सिनको विश्वसनीयता उच्च स्तरको रहेको दूतावासको भनाइ छ ।...

4033

Uncategorized
LIGANDROL SARM LGD-4033 can be Correlate inside rns investigational Selective androgenic lifestyle Réceptor Modulator (SARM) that is certainly empIoyed to the therapy of countless occasions similar to muscle tissues coming and additionally pathology, discovered by idea prescription drug pharmaceutical drug treatments. (more…)
दोस्रो वार्षिकोत्सबको अवसरमा गहतराज सञ्जाल कप आयोजना

दोस्रो वार्षिकोत्सबको अवसरमा गहतराज सञ्जाल कप आयोजना

खेलकुद, सुचना प्रविधि
  काठमाडौं – गहतराज सञ्जालको राजधानी समन्वयन समितिले नेपालमा पहिलो पटक ‘गहतराज सञ्जाल कप’ आयोजना गर्ने भएको छ । गहतराज सञ्जालको दोस्रो बार्षिक उत्सवको अवसमार राजधानी समन्वयन समितिले 'स्वास्थ्यका लागि खेलकुद, जीवनका लागि खेलकुद' भन्ने नारा सहित प्रथम गहतराज सञ्जाल कप’ आयोजना गर्न लागेको हो । सञ्जालले आगामी चैत १२ गतेदेखि १४ गतेसम्म काठमाडौंको तारकेश्वर नगरपालिका १० मनमैजुमा उक्त मेला गर्र्ने छ । गहतराज सञ्जाल कप अन्तरगत अन्तर बिश्वकर्मा व्याडमिन्टन प्रतियोगिता गरिने बताइएको छ । उक्त खेल आगामि चैत १२ गतेदेखि मनमैजु स्थित फोर जी हलमा सुरु गरिने आयोजकको भनाइ छ । व्याडमिन्टन खेल पुरुष डबल, पुरुष सिङगल, मिक्स डबल हुने आयोजकले जनाएको छ । पुरुष डबल तर्फ प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिहरुले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल ट्रफि र प्रमापत्र प्राप्त गर्ने छन् । यस विधा तर्फ...
पछिल्लो २४ घण्टामा १०५ संक्रमित थपिए, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०५ संक्रमित थपिए, २ जनाको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, माघ १८ पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३ हजार ३ सय ८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७१ हजार ७ पुगेको छ। आइतबार थप २ जनाको मृत्यु भएको छ। यो सँगै कुल संक्रमित मृतकको संख्या २ हजार २९ पुगेको छ। हाल १ सय २ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल १ सय ६८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ४३ जना आइसियु र २५ जना भेन्टिलेटरमा रहेको ...
चिसो बढेकोले तीन दिन विद्यालय बन्द गर्न निर्देशन

चिसो बढेकोले तीन दिन विद्यालय बन्द गर्न निर्देशन

मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, माघ १८ नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधिक चिसो बढेकाले तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले सूचना निकालेर १९ देखि २१ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएका हुन्। चिसो यथावत रहेमा शुक्रबारसम्म विद्यालय बन्द गर्न निर्देशन गरिएको छ। सूचनामा भनिएको छ, ‘अत्याधिक चिसो भएको कारणले गर्दा मिति २०७७ माघ १९ गते सोमबारदेखि २०७७ माघ २१ गते बुधबारसम्म तीन दिन विद्यालय विदा गर्ने र मौसम अनुकूल भइ घाम लागेको खण्डमा २२ गतेबाट विद्यालय सञ्चालन गर्ने तर यस्तै प्रतिकूल मौसम रहेमा माघ २३ गते शुक्रबारसम्म विद्यालयहरुमा विदा गर्ने व्यवस्था मिलाउनु हुन सम्पूर्ण विद्यालयहरुलाई जानकारी गराइन्छ।’ नेपालगञ्जमा केही दिनयता चिसो बढेको छ। यहाँको तापक्रम ३ डिग्रीसम्म सेल्सियसमा झरेको छ। आइतबारको न्यूनतम तापक्रम ५ डि...
श्री ५ को सरकार भनेपछि खानेपानी मन्त्री आलोचित, मागे माफि

श्री ५ को सरकार भनेपछि खानेपानी मन्त्री आलोचित, मागे माफि

ब्यानर समाचार, राजनिती, समाचार
खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले माफि मागेका छन् । एउटा सभामा सम्बोधनका क्रममा उनले 'श्री ५ को सरकार' भनेकोमा माफी मागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेतासमेत रहेका मन्त्री थापाले सुर्खेतमा शनिबार आयोजित सभामा 'नेपाल सरकार' भन्नुपर्नेमा 'श्री ५ को सरकार' भनेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए, 'सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु ।' मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन् । म...
काठमाण्डौमा बर्ड फ्लू :  सम्भावित क्षेत्रमा उच्च निगरानी

काठमाण्डौमा बर्ड फ्लू : सम्भावित क्षेत्रमा उच्च निगरानी

जिवनसैली, ब्यानर समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, माघ १८ काठमाण्डौमा बर्ड फ्लू देखिएपछि भारतसँगको नाकामा कडाइ गरिएको छ । यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि जनाएको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि काठमाण्डौमा बर्ड फ्लूकाे पुष्टि भएको हो । बर्ड फ्लू काठमाण्डौमा देखा पर्यो भन्नेबारे भने अनुसन्धान भइरहेको विभागका सूचना अधिकारी डाक्टर चन्द्र ढकालले जानकारी दिनुभयो । भारतका विभिन्न राज्यमा बर्ड फ्लू देखिएपछि नाकामा कडाइ गरिएको सरकारले बताउँदै आएको थियो । यस्तै सीमानाकासहित देशका विभिन्न ठाउँमा पनि निगरानी बढाइएको छ । रोग पुष्टि भएको क्षेत्र काठमाण्डौको तारकेश्वर नगरपालिका-७ क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी र रोग सार्न...
संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

अपराध, समाचार
कृष्णनगर कपिलवस्तु कपिलवस्तु कृष्णनगर नगरपालिका ६ भिल्मी घर भएकाे संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लेखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हात पात गरेका छन । कृष्णनगर नगरपलिका ६ भिल्मीमा जनता आवास कार्यक्रम अन्तर्गत बन्दै गएकाे घरमा कमसल इटा प्रयाेग भइरहेकाे समाचार लेखेपछि वहांलाई निर्माण समितिका जावेद आलम र तिनका भाई ताहिर खानले गाली गालाैज गरि ज्यान मार्ने धम्की दिएका छन l ज्यान मार्ने धम्की आएपछि पत्रकार कमलेश चंद्र गुप्ताले सुरक्षाको माग गर्दै प्रहरी चौकी भिल्मीमा उजुरी दिएका हुन । पत्रकार भई समाचार संकलन सम्प्रेषण गर्दा अनेकाैं बाधा अवराेध आउने गर्छन तर निडर भई समाजलाई सुसुचित गराउन पत्रकारिताकाे धर्म रहेकाेले समाचार लेखेकै कारण पत्रकार गुप्तालाई धम्की दिने र गाली गलाैज, हातापाई गर्ने जस्ताे कुकृतिप्रति प्रेस क्लब आफ कृष्णनगर र अवधी पत्रकार संघ नेपालकाे गम्भीर ध्याना...
सैन्य शिविरमा आत्मघाती बम आक्रमण, ८ सुरक्षाकर्मीको मृत्यु

सैन्य शिविरमा आत्मघाती बम आक्रमण, ८ सुरक्षाकर्मीको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ १७ । अफगानिस्तानको पूर्वी भाग नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमणमा कम्तीमा ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । तालिवान लडाकू समूहले विस्फोटक पदार्थले भरिएको गाडी शिविरभित्र लगेर विस्फोट गराएका थिए । तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको जिम्मा लिएका छन् । सैन्य शिविरमा भएको आक्रमणको नान्गाहारका गभर्नरले विज्ञप्तिमार्फत पुष्टि गरेका छन् । यो प्रान्तमा यसअघि पनि तालिबान लडाकू समूहले सरकारी सेना लक्षित आक्रमण जारी राखेको छ । तालिवान र अफगान सरकारबीच युद्ध रोक्ने विषयमा गत वर्ष सेप्टेम्बरमा सुरु भएको शान्ति वार्ता अझै पनि निष्कर्षमा पुग्न सकेको छैन ।...