Saturday, April 20
Shadow

कोरोनाविरुद्ध खोप अभियान : चार दिनमा ६४ हजारले लगाए खोप, कुन प्रदेशमा कति ?


  • -इ
  • इ+

काठमाडौँ , माघ १७ । कोरोनाविरुद्धको खोप अभियानको चौथो दिनसम्म देशभर ६४ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विज्ञप्ती जारी ७७ जिल्लामा कुल ६४ हजार ४२२ जनाले खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार चौथो दिन १४ हजार ८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जस अनुसार प्रदेश १ मा १५४७, प्रदेश २ मा २११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकी प्रदेशमा १८८७, लुम्बिनी प्रदेशमा २०६३, कर्णाली प्रदेशमा ९५५ र सुदूरपश्चिम प्रदेशमा ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै मन्त्रलायले सञ्चार माध्यमलाई खोप लगाएपछिको असर बारे पुष्टि गरेर मात्र समाचार प्रकासित गर्न आग्रह गरेको छ ।

खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए भने दोस्रो दिन १९ हजार ६४८ जनाले खोप लगाएका थिए । त्यस्तै शुक्रबार तेस्रो दिन १७ हजार ४६५ जनाले खोप लगाएका थिए ।

बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका ३०० खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares