Thursday, April 25
Shadow

नेपालमा पनि भित्रियो बर्ड फ्लू, २५ सय पंक्षी नष्ट


  • -इ
  • इ+

काठमाडौं, माघ १७ । भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका( ७ साङ्ले खोला फुटुङका स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लू रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रोग फैलिन नदिनका लागि संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु नष्ट गरिएको छ ।

विभागले शनिबार विज्ञप्ति जाारी गर्दै पशुपंक्षीको ओसारपसारमा ध्यान दिन आग्रह गरेको छ । विभागले केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्डफ्लू पुष्टि भएको जानकारी दिएको छ ।

रोग अन्यत्र फैलन नदिन बर्डफ्लू देखिएको क्षेत्रमा रहेका सबै घरपालुवा पंछी तथा रोग सार्न सक्ने अन्य वस्तुलाई नष्ट गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रोग देखा परेको क्षेत्रलाई निसङ्क्रमण गरिसकिएको छ ।

१८ सय ६५ वटा हाँस, ६ सय २२ बट्टा, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ थान अण्डा र ७५ केजी दाना नष्ट गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares