Saturday, April 20
Shadow

मन्त्री आले भन्छन् -नेता रावलले प्रत्यक्ष चुनाव जिते म राजनीतिबाटै सन्यास लिन्छु


  • -इ
  • इ+

काठमाडौँ, माघ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली पक्षका नेता तथा वनमन्त्री प्रेम आलेले सुदूरपश्चिमबाट भीम रावलले प्रत्यक्ष चुनाव लडेर जिते आफूले राजनीतिबाटै सन्यास लिने बताएका छन ।

शनिबार काठमाडौंमा सुदुरपश्चिम स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रावलसँग चूनाव लड्ने हिम्मत नभएको भन्दै प्रत्यक्ष चुनाव लडेर जिते राजनीतिबाटै सन्यास लिने घोषणा गरेका हुन ।

उनले रावलसँग चूनाव लड्ने कुनै एजेण्डा नै नभएको बताउँदै सुदुरपश्चिमबाट चूनाव लडे हार्ने भएकाले रावल समानुपातिकमा उठ्ने तर्क गरे ।उनले सुदुरपश्चिममा साविक नेकपाको खातामा रहेको पैसाको अनियमितता गरेको र त्यही पैसाले प्रचण्ड–नेपाल पक्षले कार्यक्रम गरेको भन्दै रावलसंग हरहिसाब मागिने धारणा राखे ।

मन्त्री ओलेले तोकिएको समयमा नै निर्वाचन हुने र अव आफूहरुको प्रतिस्पर्धी कांग्रेस मात्र हुने तर्क गरे।मन्त्री आलले प्रधानमन्त्रीलाई काम गर्न नदिएकै कारण संसदविघटन गरेर नयाँ निर्वाचनमा जाने निर्णय गरिएको बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares