Wednesday, April 24
Shadow

‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई छैन, अब जनताले कारबाही गर्छन् : डा केसी


  • -इ
  • इ+

काठमाडौँ, माघ १७ । चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले ‘संविधानको हत्या’ गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंमा आयोजित ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लाई सम्बोधन गर्दै डा। केसीले संविधानको हत्या गर्ने अधिकार कसैलाई नभएको बताएका हुन ।

उनले भने, ‘संविधानको हत्या गर्ने तानाशाहलाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ ।’

आफूहरु कुनै पनि पार्टीको समर्थन र विरोधमा नभएर संविधानको रक्षार्थ आन्दोलनमा होमिएको उनले बताए ।उनले प्रधानमन्त्री ओलीले नागरिकका हक अधिकार खोस्ने काम गरेको समेत आरोप लगाए ।

देश र जनता समृद्धिको बाटोतिर अगाडि बढ्लान् भनेर झन्डै दुई तिहाई दिए पनि नेकपा र उ नेतृत्वको सरकारले काम गर्न नसकेको पनि डा। केसीको भनाइ रहेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares