Saturday, April 20
Shadow

आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि


  • -इ
  • इ+

काठमाडौँ, माघ १७
सहारा क्लब पोखराले हरेक वर्ष सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १९औँ संस्करण चैत १७ देखि २८ सम्म पोखरा रंगशालामा हुने भएको छ । आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जनाकारी गराएको हो ।

प्रतियोगितामा विदेशी टिम, ‘ए’ डिभिजन क्लबहरु, मोफसलका क्लब र आयोजक सहारा क्लब गरी १२ टिमलाई सहभागी गराउने प्रयास गरेको तर अहिलेको अवस्थामा टिम संख्या र विदेशी खेलाडीको आगमनका बारेमा तत्काल भन्न सक्ने अवस्था नहरेको क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए ।

प्रतियोगिताको टिकट शुल्क र पुरस्कार रकम पनि सार्वजनिक गरिएको छैन । ‘हामी अहिले असहज परिस्थितिमा छौँ, त्यसैले तत्कालै केही प्रतिवद्धता गर्न मिल्दैन । पछि अवस्था हेरेर टिकट शुल्क र पुरस्कार रकम सार्वजनिक गरिन्छ’, थापाले भने ।

गत वर्षको विजेता मनाङ मर्स्याङ्दी क्लबले १० लाख १ हजार र उपविजेता नेपाल पुलिस क्लबले ५ लाख १ हजार प्राप्त गरेका थिए । प्रतियोगितालाई सुरुवाती संस्करणदेखि नै पोखराको व्यापारिक समूह अनुश्री प्रा.लि.को उत्पादन आहा र रारा चाउचाउले मुख्य प्रायोजकको रुपमा साथ दिँदै आएको छ ।

११ दिनसम्म चल्ने प्रतियोगितामा १ करोड १ लाख ८१ हजार खर्च हुने तथा १ करोड ३० लाख १ हजार आम्दानी गर्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताबाट भएको आम्दानी आयोजकबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आएको छ । एकेडेमीमा हाल १४ जिल्लाका २४ बालक आश्रित छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares