काठमाडौं, माघ १७ । सोलुखुम्बुमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरू एकैदाजुभाईका छोरा र छोरी हुन् ।
नेचासल्यान गाउँपालिका-२ सल्यानका टेकबहादुर निरौलाको मतानमा आगलागी हुँदा उनको नाति र नातिनीको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेहरूमा सात वर्षका सुगम निरौला र पाँच वर्षकी गृष्मा निरौला रहेका छन् । प्रहरीका अनुसार मृतकमध्ये सुगम दाईको छोरा हुन् भने गृष्मा भाईको छोरी हुन् । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।