सप्तरी, फागुन २२ । प्रहरीले सप्तरीमा कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
राजबिराज नगरपालिका-६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोली सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका(७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका(५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् ।
उनीहरुलाई विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय राजविराजबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
उनीहरु चढेको स।७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।