Wednesday, April 17
Shadow

बारामा २५ लाख ३५ हजारसहित २ भारतीय पक्राउ


  • -इ
  • इ+

बारा , फागुन १३। बारामा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजारसहित २ भारतीय प्रक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नं। ८ बेरुवामा चेकजाँचका क्रममा प्रहरीले रकम सहित २ भारतीय पक्राउ गरेको हो ।

बुधबार बिहान ११ बजे बेरुवा टोल स्थित कलैया मटिअर्वा सडक खण्डमा जिल्ला प्रहरी कार्यलय बाराबाट खटिएको प्रहरी टोलीले चेकिङ गरिरहेको समयमा मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा भारतीय मोटरसाईकल बिआर ०५ के ०७९८ नंम्बरको सवार चालक भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया वडा नं। ७ नरटिया बस्ने सुरेश प्रसादका छोरा ३५ वर्षका चंद्र शेखर प्रसाद र मोटरसाईकल सवार सोही स्थान बस्ने पारसनाथ प्रसादका छोरा बर्ष ३८ का संजय कुमारको साथबाट उनीहरुको शरीर तथा मोटरसाईकलको डिक्कीमा लुकाई राखेको अवस्थामा पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुबाट नेपाली १ हजार दरका १ हजार ७ सय ७२ थान र ५ सय दरका १ हजार ५ सय २६ थान गरी जम्मा २५ लाख ३५ हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकोले मोटरसाइकल र दुवैजना मानिसलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares