Saturday, April 20
Shadow

फार्मेसी अधिकृत २ लाख घुससहित पक्राउ


  • -इ
  • इ+

काठमाडौँ , फागुन १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी व्यवस्था विभाग, शाखा कार्यालय बिराटनगरमा कार्यरत फार्मेसी अधिकृतलाई २ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारले फार्मेसी पसल खोलिदिने भन्दै फार्मेसी अधिकृत सरोज सुवेदीले सेवाग्राहीसँग लिएको २ लाख रकमसहित विराटनगर महानगरपालिका-३ स्थित भट्टराई होटलको अगाडीबाट विहिबार नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएका सुबेदीको अहिले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares