Thursday, March 28
Shadow

नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ११ लाख घुससहित पक्राउ


  • -इ
  • इ+

काठमाडौं, फागुन २४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

अख्तियारले श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सञ्चालन अनिश जोशीलाई समेत पक्राउ गरेको छ ।

श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी घुस मागेको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोली परिचालित भएको थियो ।

सोही क्रममा श्रेष्ठ र जोशी दुवैलाई ११ लाख रकमसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंको कार्यालय प्रवेश गर्ने मूलगेट अगाडिबाट नियन्त्रणमा लिइएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares