Tuesday, April 23
Shadow

२३ लाख सहित अवैध क्यासिनोबाट १० जना पक्राउ


  • -इ
  • इ+

काठमाडौं , फागुन २१ । अवैध रुपमा क्यासिनो खेलाउने र खेल्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २३ लाख रकमसमेत बरामद गरेकोे महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौँ महानगरपालिका– १३ ताहचलस्थित प्लाटिनम होटलमा अवैध रुपमा क्यासिनो सञ्चालन भएको भन्ने गोप्य सूचनाका आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत–मोतिहारीका रञ्जितकुमार जैसवाल, सोहनप्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा अलि, जनकपुरका राजकुमार सिंह र बाराका टिन्कुप्रसाद छन् । जुवा खेलाउने काठमाडौँ महानगरपालिका–२२ बस्ने सो होटलका व्यवस्थापक महेश मल्ल, सर्लाहीका कमलदेव चौधरी, अजय यादव, क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले रु नौ लाखको चेक, नगद रु आठ लाख, ३९० वटा क्यासिनो क्वाइन, पैसा गन्ने यन्त्रलगायत सामग्री बरामद गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares