Friday, March 29
Shadow

बारा मालपोत कार्यालयका नासु र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ


  • -इ
  • इ+

काठमाडौँ, फगुन ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारास्थित मालपोत कार्यालयका कार्यालय प्रमुख नायब सुब्बा र लेखापढी व्यवसायीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई ६ लाख घुस रकमसहित जितपुर सिमरा उपमहानगर-२ स्थित जर्गा होटलबाट शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

उनीहरुले सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का रहेको जग्गा सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै रकम लिएको अख्तियारले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares