Sunday, May 19
Shadow

Month: June 2023

गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड

गाउँका जनतासँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्ड

ब्यानर समाचार, ब्यानर समाचार 2
असार १५, पोखरा। अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवं राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गर्नुभएको छ। शुक्रबार बिहान मुख्यमन्त्रीहरूको संयुक्त बैठकलाई सम्बोधन गरेपश्चात् प्रधानमन्त्री प्रचण्डले कास्कीको अन्नपूर्ण गाउँपालिका वडां.–२ का स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको हो। स्थानीय जनतासँगको अन्तरक्रियामा प्रधानमन्त्रीले गाउँको अवस्था, खेतीबाली, मौसम लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो। सो क्रममा अन्नपूर्ण गाउँपालिका वडा नं.–२ का वडाध्यक्ष पिताम्बर भण्डारीले वडाको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। वडाध्यक्ष भण्डारीले कास्कीको विकासमा प्रधानमन्त्रीले गर्नुभएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा समेत यस क्षेत्रको विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको थियो। सो अ...
भुजेलको गजल : कसैले देख्दैन..

भुजेलको गजल : कसैले देख्दैन..

साहित्य/कला
काठमाडौं ,१५ असार । गजल  आलोक भुजेल  गजलकार म पनि तिम्रो मनभित्र आउँछु कसैले देख्दैन। दिलभित्र बस चुक्कुल लाउँछु कसैले देख्दैन। बाहिर दुनियाँले नजर लगाउन सक्छन् प्रिय। मनभित्रै सुन्दर संसार बनाउँछु कसैले देख्दैन।। डर लाग्छ बाहिर कसैले सुन्न पनि त सक्छन्।। प्रितिको गित म भित्रै गाउँछु कसैले देख्दैन। हिजो म देखि टाढा हुने हरु जलेको पनि के हेर्नु। त्यसैले भित्रै बसेर म मुस्काउँछु कसैले देख्दैन।। यी नयनले तिम्रो सुन्दर फोटो स्केच गर्छु अनि। मेरै दिलको भित्तामा सजाउँछु कसैले देख्दैन।। ...
असार १५ मा किन दही चिउरा खाइन्छ ? यस्तो छ फाईदा

असार १५ मा किन दही चिउरा खाइन्छ ? यस्तो छ फाईदा

जिवनसैली, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी  काठमाडौं,१५ असार । दही चिउरा खानु एउटा पुरानो परम्परा भए पनि यो संस्कृतिकै रूपमा विकास भइसकेको छ । भनाई नै छ, ‘असार १५ दही चिउरा १५ साउन १५ खिर’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघे संक्रान्तिमा तरुल, घिउ ,चाकु आदी खाने परम्परा छ । यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विशेष अवसरको आफ्नै महत्वको रहेको छ । अरू अवसरको महत्त्व जे जस्तो भए पनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको छ । गर्मीयाममा शरिरमा पानीको मात्रा कम हुन्छ । त्यसमा दही चिउरा खाँदा शीतलता निश्चयनै पक्कै प्रदान गर्छ नै । दहीमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउँदैन् । दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ, जसले शरीरलाई फा...
जीवन सिग्देलको शब्द,संगीतमा गायिका शान्तिश्रीको “छड्के सलाम छ” सार्वजनिक (भिडियो सहित)

जीवन सिग्देलको शब्द,संगीतमा गायिका शान्तिश्रीको “छड्के सलाम छ” सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन, मुख्य समाचार, समाचार
महेन्द्र अधिकारी काठमाडौं,१५ असार । जीवन सिग्देल र लोक प्रिय गायिका शान्तिश्री परियारको नयाँ लोकदोहोरी गीत “छड्के सलाम छ” केहि दिन अगाडि मात्र बजारमा सार्वजनिक भएको हो । गायक जीवनको प्रस्तुति रहेको गीत गायक सिग्देलकै शब्द ,संगीत रहेको छ भने “छड्के सलाम छ” बोलको गितलाई मिक्सिङ्ग / मास्टिरिङ्ग मनोज परियारको छ,एरेन्ज आशिश अविरलको रहेको यो दोहोरी भाकालाई राग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने सम्पादन अमृत चापागाईको रहेको छ । म्युजिक भिडियोमा सुनिल क्षेत्री,अनिता बस्नेत (मास्टर्नी) लगायत अन्यको अभिनय रहेको छ । “छड्के सलाम छ” बोलको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै गीतका सर्जक सिग्देलले जनाएका छन् । गायक सिग्देलले यस भन्दा पहिलेका गीत संगीतलाई जसरी मन पराईदिनु भयो उसै गरेर ...
आज असार १५ अर्थात् दही चिउरा खाने दिन

आज असार १५ अर्थात् दही चिउरा खाने दिन

जिवनसैली, मुख्य समाचार, समाचार
असार पन्ध्र । मध्य वर्षायाम अर्थात ‘मानो रोपेर मुरी उब्जाउने’ दिन । दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । हिन्दु संस्कृतिमा दहीलाई शुभ खानेकुरा मानिन्छ । शुभकार्यमा दहीको प्रयोग गरिन्छ । यस दिन दही चिउरा खाएर रोपाँइ गरेमा ‘सह’ बसेर धेरै धान फल्ने विश्वास गरिन्छ । रोपाँईको बेला दही चिउरा खाँदा जाँगर चल्ने, शरिरको आलस्य हराउने र शरिर पनि फुर्तिलो हुन्छ भन्ने मान्यता रहिआएको छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।...
आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं,१५ असार । नेपाल राष्ट्र बैंकले आज असार १५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शून्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८३ पैसा र बिक्री दर ८७ रुपैयाँ २२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २५ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०८ पैसा र बिक्री दर ०९ रुपैयाँ १२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १...
कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

मुख्य समाचार, समाचार
 काठमाडौं । आज १५ असार शुक्रवार, ३० जुन २०२३ । असार शुक्ल द्वादशी , दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस आज सूर्योदय बिहान ५:११ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ । यस्तो छ आजको तपाईको राशिफल – मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ । कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मु...
थानेश्वरको ‘आमा र भगवान’ सार्वजनिक

थानेश्वरको ‘आमा र भगवान’ सार्वजनिक

मनोरञ्जन, समाचार
महेन्द्र अधिकारी काठमाडौँ, असार १४ । लोक प्रिय गायक तथा गजलकार थानेश्वर गौतमको सुमधुर स्वर, संगीतमा समावेश गजल ‘आमा र भगवान’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुजन पण्डितको शब्द,रचना र गीतको संगीत एरेन्ज भने कृष्ण बिकले गरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई खड्क बाजुराली र राजेन्द्र बाजुरालीले मिक्सिङ्ग गरेका हुन् । ‘आमा र भगवान’ बोलको गीतमा बासुरीमा गोपाल देब र तबलामा भुवन गन्धर्व लगायतको समूहले काम गरेको छ। गीतको भिडियोमा इशुक गौतम,आस्मी न्यौपाने ,सुनिता भट्टराईको अभिनय रहेको छ भने बाल कलाकारमा सरगम गौतम र आरोहन खत्री फिचर्ड छन् । राम के.सिको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई विशाल घिमिरको कथावस्तु एवम् निर्देशन रहेको छ । थानेश्वरको आफ्नै अफिसियल युट्युबमा गीत हेर्न सकिन्छ । भिडियो यहाँ हेर्नुहोस् : https://youtu.be/g7oPPrCang...
आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आज बिहिवारको दिन विदेशी मुद्राको विनिमय दर यस्तो छ

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १४ गते बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा कायम गरेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४६ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९२ पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ४९ पैसा रहेको छ । जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०९ पैसा र बिक्री दर ०९ रुपैयाँ १३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपै...
आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

मुख्य समाचार, समाचार
काठमाण्डौँ, असार १४ । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदै छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ । हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस अवधिमा पर्ने आ...