काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १४ गते बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा कायम गरेको छ ।
युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४६ रुपैयाँ १६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा छ यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९२ पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ४९ पैसा रहेको छ ।
जापानी येन १० को खरिद दर नेपाली ०९ रुपैयाँ ०९ पैसा र बिक्री दर ०९ रुपैयाँ १३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०८ पैसा र बिक्री दर १८ रुपैयाँ १७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?