Sunday, May 5
Shadow

थानेश्वरको ‘आमा र भगवान’ सार्वजनिक


  • -इ
  • इ+

महेन्द्र अधिकारी

काठमाडौँ, असार १४ । लोक प्रिय गायक तथा गजलकार थानेश्वर गौतमको सुमधुर स्वर, संगीतमा समावेश गजल ‘आमा र भगवान’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा सुजन पण्डितको शब्द,रचना र गीतको संगीत एरेन्ज भने कृष्ण बिकले गरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई खड्क बाजुराली र राजेन्द्र बाजुरालीले मिक्सिङ्ग गरेका हुन् । ‘आमा र भगवान’ बोलको गीतमा बासुरीमा गोपाल देब र तबलामा भुवन गन्धर्व लगायतको समूहले काम गरेको छ।

गीतको भिडियोमा इशुक गौतम,आस्मी न्यौपाने ,सुनिता भट्टराईको अभिनय रहेको छ भने बाल कलाकारमा सरगम गौतम र आरोहन खत्री फिचर्ड छन् ।

राम के.सिको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोलाई विशाल घिमिरको कथावस्तु एवम् निर्देशन रहेको छ ।

थानेश्वरको आफ्नै अफिसियल युट्युबमा गीत हेर्न सकिन्छ ।
भिडियो यहाँ हेर्नुहोस् :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares