काठमाडौं । आज १५ असार शुक्रवार, ३० जुन २०२३ । असार शुक्ल द्वादशी , दहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस
आज सूर्योदय बिहान ५:११ मिनेटमा भएको हो भने सूर्यास्त साँझ ७ बजेर ०३ मिनेटमा हुनेछ ।
यस्तो छ आजको तपाईको राशिफल –
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) : लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउला । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । चलाखीपूर्ण बोलीले काम बन्नेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : आजबाट रोकिएको कार्य पुनस् सुचारु हुन सक्छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : आज धार्मिक, सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : आज कुनै कुराले मनमा शान्ति छाउला । धार्मिक र न्यायिक कार्यमा सफलता मिल्नेछ । अधुरा कामकाज पनि सहज हुँदै जानेछ ।
र
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : आज मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल