Sunday, April 28
Shadow

आज असार १५ अर्थात् दही चिउरा खाने दिन


  • -इ
  • इ+

असार पन्ध्र । मध्य वर्षायाम अर्थात ‘मानो रोपेर मुरी उब्जाउने’ दिन । दही चिउरा खाएर असार आज १५ मनाइँदै छ । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ ।

हिन्दु संस्कृतिमा दहीलाई शुभ खानेकुरा मानिन्छ । शुभकार्यमा दहीको प्रयोग गरिन्छ । यस दिन दही चिउरा खाएर रोपाँइ गरेमा ‘सह’ बसेर धेरै धान फल्ने विश्वास गरिन्छ । रोपाँईको बेला दही चिउरा खाँदा जाँगर चल्ने, शरिरको आलस्य हराउने र शरिर पनि फुर्तिलो हुन्छ भन्ने मान्यता रहिआएको छ ।

किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares