Sunday, May 5
Shadow

जीवन सिग्देलको शब्द,संगीतमा गायिका शान्तिश्रीको “छड्के सलाम छ” सार्वजनिक (भिडियो सहित)


  • -इ
  • इ+

महेन्द्र अधिकारी
काठमाडौं,१५ असार । जीवन सिग्देल र लोक प्रिय गायिका शान्तिश्री परियारको नयाँ लोकदोहोरी गीत “छड्के सलाम छ” केहि दिन अगाडि मात्र बजारमा सार्वजनिक भएको हो ।

गायक जीवनको प्रस्तुति रहेको गीत गायक सिग्देलकै शब्द ,संगीत रहेको छ भने “छड्के सलाम छ” बोलको गितलाई मिक्सिङ्ग / मास्टिरिङ्ग मनोज परियारको छ,एरेन्ज आशिश अविरलको रहेको यो दोहोरी भाकालाई राग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने सम्पादन अमृत चापागाईको रहेको छ । म्युजिक भिडियोमा सुनिल क्षेत्री,अनिता बस्नेत (मास्टर्नी) लगायत अन्यको अभिनय रहेको छ ।

छड्के सलाम छ” बोलको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै गीतका सर्जक सिग्देलले जनाएका छन् । गायक सिग्देलले यस भन्दा पहिलेका गीत संगीतलाई जसरी मन पराईदिनु भयो उसै गरेर नै यस गीतलाई पनि आशिर्बाद प्रदान गरि दिनुहुन सबैमा अनुरोध गरेका छन् ।
गीतको भिडियोलाई गायक जीवनको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला :

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares